काँग्रेसको प्रचार अभियान जलजलामा : राष्ट्रको बिकास चाहनेले काग्रेसलाई मतदान !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक १८ । नेपाली काँग्रेस क्षेत्र नं २ मा चुनावी कार्यक्रम अन्र्तगत आज बडीगाड गाउपालिकाको जलजलामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे क्षेत्र नम्बर २ प्रदेश १ का उमेद्धार मञ्जेशबम मल्लले समाज र राष्ट्रको बिकास चाहने ब्यक्तिले काग्रेसलाई मतदान गर्ने बताए । मल्लले आफुले जित हासिल गरेमा जलजलाको नौतुन, देउराली डाडाँ, झुलेडाँडा, भुल्नेडाडाँ लगायतका ठाउको बिकासका लागी मुख्य भुमिका खेल्ने बताए ।

गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले जलजला सम्भावना बोकेको क्षेत्र भएको बताउँदै निर्वाचन पछिको समय शान्ति सम्बिधान कार्यान्यन र विकास निर्माणको समय भएको बताउँदै नेपाली काँग्रेसको जित सँगै जलजलाले नँया मुहार फेर्ने बताईन ।

त्यस्तै प्रदेश सभा १ का चुनाव परिचालन समिति संयाजक फम बहादुर खत्रीले बोल्दै समाज रुपान्तरण र लोकतन्त्रको आभास गर्नेका निम्ती जुनकुनै तवरबाट नेपाली काँग्रेसको जित आवश्यक रहेको बताए ।

नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसेले उक्त क्षेत्रको विकास निर्माण र शान्ती लोकतन्त्रको रक्षा गर्ने अभियानमा काग्रेसलाई साथ दिन आग्रह गरिन् । अभियानमा निर्वाचन प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, नेपाली काग्रेस बडीगाड गाउपालिकाका संयोजक अर्जुन खरेल, दगातुन्डाडाँका सभापति सुबेदार रत्न बहादुर खत्री, सिसाखानीका सभापति ज्ञानेन्द्र घर्ति र जलजलाका सभापति तेजिन्द्र बहादुर श्रीस लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *