बरेङको सल्यानमा टेलिकमको जिएसएम मोबाईल सेवा सुरु

थम्मन थापा सन्देश, बागलुङ २०७४ कात्तिक १८ । बरेङ गाउपालिका वडा नं ४ सल्यानमा पहिलो पटक नेपाल टेलिकमको जिएसएम मोवाईल सेवा पुगेको छ ।

नेपाल टेलिकम बागलुङले सल्यानमा बिटिएस टावर निर्माण पश्चात सेवा शुभारम्भ गरि मोवाईल सेवा विस्तार गरेको वरिष्ठ ईन्जिनियर एवं कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा मोवाईल सेवाको पहॅुचलाई विस्तार गर्दै उपभोक्तालाई सर्वसुलभ ढंगले सेवा दिन टेलिकमले टावर विस्तारलाई तिव्रता दिएको टेलिकम प्रमुख शर्माले बताए ।उक्त टावरमा टुजी र थ्रीजी सेवा सञ्चालन गरिएको छ । दुर्गम बस्तीहरुमा उच्च गतिको ईन्टरनेट सेवा प्रदान गर्न थ्रिजी पनि सञ्चालनमा ल्याएको शर्माको भनाई छ ।

मोवाईल टावर सञ्चालनमा आएपछि अहिले बरेङ गाउपालिकाको सल्यान, सुखौरा र बाटाकाचौरका करिब १ हजार घरधुरीका स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

टेलिकमले तत्कालै जिल्लाको बडिगाड गाउपालिकाको उपल्लो दर्लिङ र रेशमा टावर विस्तार गरि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *