Menu

भण्डारी र ज्ञवालीवीच चल्यो जुहारी ! बेलायतको प्रधानमन्त्री बन्न ज्ञवालीको शुभकामना !

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक १८ । शुक्रबार गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीलाई एउटा कुरा भने बोलीपासो भएको छ । यति धेरै विकास गरेपछि म त वेलायतको प्रधानमन्त्री पो हुनु पर्ने मान्छे हुँ’–भन्न भ्याएका भण्डारीको सोही भनाई सामाजिक सञ्जालमा विपक्षीहरुले भाईरल बनाए पछि उनलाई भनि पासो भएको हो ।

आज दुवै उमेदवार ज्ञवाली र भण्डारीलाई टेलिफोन सम्पर्कमा ल्याई कुराकानी गर्दा नेता ज्ञवालीले भने–‘हिजो मैले एउटा न्युज हेरेको थिएँ , चन्द्र भण्डारीजी वेलायतको प्रधानमन्त्री बन्ने दावा राख्नु हुँदो रहेछ अव उहाँलाई नेपालमा भोट माग्दै हिड्न पो किन प¥यो र ? बरु म उहाँलाई वेलायतको प्रधानमन्त्री बन्न शुभकामना दिन्छु ।’

भण्डारीले सालझण्डी पटौती फास्ट्रयाक योजना आफुले ल्याएको भन्ने कुरालाई समेत ज्ञवालीले सस्तो प्रचार भनेका छन् । उनले भने–‘ म उहाँ जस्तो धेरै तल झरेर सस्तो प्रचार गर्न चाहन्न तर सालझण्डीबाट खोलिएको फास्ट्रयाक उहाँ सभासद हुनु अघि नै खोलिएको हो । ’

यस सम्वन्धमा तत्कालीन मुख्य सचिव लिलामणी पौड्याल संग सम्पर्क राख्दा उनले पनि उक्त सडकको सर्वे गर्न टोपबहादुर रायमाझी, प्रदिपकुमार ज्ञवाली र आफु आएको बताएका छन् । चन्द्र भण्डारीले भने आफ्नो भिजन मै उक्त योजना आएको दावा गर्दै आएका छन् । एमाले नेता ज्ञवालीले आफ्नो भन्दा अझ बढि भुमिका टोपबहादुर रायमाझीको भएको र गुल्मीका सवै दलका नेताहरुको पहलमा उक्त योजना आएको र सवैको श्रेय जाने बताउँ छन् ।।

नेता व्दय ज्ञवाली र भण्डारीसंग सहकर्मी प्रेम सुनारले गरेको कुराकानी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *