थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक १८ । जिल्ला शिक्षा कार्यालय बागलुङका जिल्ला शिक्षा अधिकारी सहितको टोलीले गल्कोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा शुक्रबार अनुगमन तथा निरीक्षण गरेको छ ।
जिल्ला शिक्षा अधिकारी गुरु प्रसाद पौडेल सहितको टोलीले गल्कोट नगरपालिका ४ स्थित खरुवा माध्यमिक विद्यालय, वडा नं ७ स्थित प्रगति आधारभुत विद्यालय, प्रगति बाल विकास केन्द्र तथा वडा नं १० स्थित नवज्योति प्राथमिक विद्यालय, पाण्डवखानी माध्यमिक विद्यालय र रमुवा आधारभुत विद्यालय अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमन तथा निरीक्षणको क्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी लिईएको पृथ्वी माध्यमिक विद्यालय हरिचौर श्रोतकेन्द्रका श्रोत व्यक्ति बम बहादुर थापाले ईबागलुङलाई बताए ।
निरीक्षण तथा अनुगमन कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्माराज उपाध्यय, शिव माध्यमिक विद्यालय काडेबास श्रोत केन्द्रका श्रोत व्यक्ति दिनेश पन्त लगायतको सहभागिता रहेको थियो ।