Menu

एक दिवसीय लिभिङ भ्यालुज विषय प्रशिक्षण कार्यक्रम सम्पन्न

तनहुँ, २०७४ कात्तिक १७ । समाजमा मानवीय मुल्यहरुको विकास गराउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको आयोजनमा एक दिवसीय लिभिङ भ्यालुज विषय प्रशिक्षण कार्यक्रम सारदा शिक्षा सदन उच्च मा.वि. भानु न.पा ६ नारेश्वरटारमा आज सम्पन्न भएको छ ।

मुल्यको स्रोत, आर्दश शिक्षक, विचार शक्ति, मेडिटेशन आदि विषयहरुमाा प्रशिक्षण दिनु हुदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानव जीवनमा मुल्यहरुको विकास गर्नको लागि मुल्यको स्रोत सँग मनको समन्वय हुन पर्ने र आध्यात्मिक चिन्तन,योग अभ्यासलाई दैनिक जीवनमा अपनाउनु पर्ने बताए ।

प्रशिक्षण ३१ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *