बामगठबन्धनको संयुक्त चुनावी कार्यक्रम आज गल्याङमा सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक १७ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि बामगठबन्धनले चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ । यसै क्रममा बागलुङको गलकोट नगरपालिका ८ र ९ को संयुक्त चुनावी कार्यक्रम आज गल्याङमा सम्पन्न भएको छ ।

चुनावी कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरेले नेपालमा बिगतमा रहेको लामो अस्थिरताको लागि कम्युनिष्टहरुको गठबन्धन भएको भन्दै देशको समृद्वि, शुसासन र विकासको लागि गोलाकार भित्रको हॅसिया हथौडा चिन्हमा मतदान गर्न आम जनसमुदायमा आग्रह गरे । नेकपा एमालेका गलकोट नगर समितिका संयोजक डम्मर श्रीसले आसन्न प्रदेशसभा र प्रतिनिधि सभामा बाम गठबन्धनलाई विजयी गराउन अपिल गरे । त्यस्तै राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति संयोजक टंक केसीले बाम गठबन्धन देखेर विपक्षीहरु अत्तालिएको र जनता मॉझ अहिले झुटा भ्रमहरु छर्दै हिडिरहेको आरोप लगााए।

संयुक्त चुनावी कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका ९ का अध्यक्ष रुमकान्त गौतमको अध्यक्षता, नेकपा एमाले गलकोट नगरपालिका ८ का सचिव नरहरि घिमिरेको स्वागत र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ८ का सदस्य पदम बहादुर सलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यर्सवीच बागलुङ , क्षेत्र न २ का प्रत्येक्ष उमेदवार माओवादी केन्द्रका देबेन्द्र पौडेल र , क्षेत्र न २ क प्रदेशका प्रत्येक्ष उमेदवार चन्द्रबहादुर बुढा ९सागर० लाई बिजय बनाउने बारे ताराखोला गाउपालिकाको भातखाने डाँडामा आज वाड भेला गरिएको । भेलामा बाम गठबन्धन्नले कसरी हुन्छ सबै मिलेर जसरी पनि जिताउने तन मन धन देखि लागेर जसरी पनि एकतामा हुन गै सबै मिलेर जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलाका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर बि क ले प्रदेश र प्रतिनिधि सभाको लागि तिनवटा दलले सहकार्य गरेर निर्वाचनमा भाग लिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *