Menu

निसीखोलामा नेपाली काँग्रेसको १ हजार १ सदस्यीय प्रचार प्रसार समिती गठन

छबिलाल पाण्डे २०७४ कात्तिक १७ । नेपाली काँग्रेस क्षेत्र नं २ को प्रदेश (ख) अन्र्तगत निसिखोलामा ईन्द्रबहादुर मल्लको सम्योजगत्वमा १ हजार १ सदस्यीय चुनाब प्रचार प्रसार तथा ब्यबस्थापन समितीको गठन गरिएको छ । शुक्रबार गाँउपालिका वडा नँ २ जुग्जाखोलामा आयोजित कार्यक्रममा प्रतिनीधि सभाका सदस्य नरबहादुर पुन निरज र प्रदेश सभा सदस्य जितबहादुर शेरचनलाई जिताउन उतm समिती गठन गर्नुका साथै वडा नं १ देखि ६ सम्म १ हजार १ सदस्यीय समितीको गठन गरीएको हो ।

वडा नँ १ मा चेतबहादुर मल्ल, २ हुमबहादुर घर्ति, ३ मा मेखबहादुर रोका, ४ मा टिकानीधी पौडेल, ५ मा शान्त छन्त्याल र वडा नँ ६ मा हेमबहादुर बुढा संयोजक रहेको समितीको गठन गरीएको हो । समितीमा भातृ सँगठन, तरुणदल, जिल्ला सदस्य, महादिबेशन प्रतिनीधि, जिल्ला सदस्य, नेपाल महिला सँघ, क्षेत्रिय समितीका प्रमुख एवम प्रतिनिधी लगाएत रहेका छन् ।

आगामि मँसिर १० गते हुने चुनाबलाई आफनो पार्टीको जित हासिल गर्ने गरी सक्रियतापुर्वक आफुहरु चुनाब प्रचार प्रसार अभियानमा जुटिरहेको नेपाली काँग्रेस निसीखोला गाँउपालिका संयोजक तथा चुनाब प्रचार प्रसार समितीका सम्योज ईन्द्रबहादुर मल्लले बताए । उनका अनुसार यहि कात्तिक १९ गते साविकको देबिस्थान, २० गते देबिस्थान, २१ गते बृहत आमसभा बोहोरागाँउको झिवाखोलामा हुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *