Menu

बाम गठबन्धनको चुनावी अभियान दगातुमडाँडामा सम्पन

बिमल खड्का खर्वाङ २०७४ कात्तिक १७ । बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको क्षेत्र नम्बर २ क को बडीगाड गाउँपालिका वडा नम्बर १ दगातुमडाँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागरले हिजोका तिक्ततालाई भुलेर देशको शान्ति सुरक्षा स्थायित्व समृद्धि स्वाधीनताको रक्षाका लागी बाम गठबन्धनको यो महान अभियानलाई सफल पार्ने जनताको हात भएकाले यसलाई सार्थकता दिने जिम्मा पनि जनताकै।रहेको बताए ।

कार्यक्रममा बोल्दै खर्वाङबाट दगातुमडाँडा हुदै जलजला सिसाखानी दगा जोड्ने मोटर बाटो निर्माण र स्तर उन्तिका यस ठाउको कृषिको आधुनिकरण खाने पानी धार्मिक स्थलहरुको संरक्षण गर्नेमा आफु कटिबद्ध रहेको बताए । थप बोल्दै आफुले निर्वाचित भएर गए पनि जनता सगै रहेर यस ठाउको बिकाशका लागी योजना बनाई अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकाश बक्ताले बागलुङको बिकाशका पुर्वधार बिकाश मध्ये शिक्षा स्वास्थ्य यातायात पर्यटन खाने पानि लगाएतका बिकाशका लागी प्रगतिशिल शक्तिले गर्ने सक्ने भएकाले अबको प्रतिनिधी सदस्य र प्रदेश सभा सदस्यीय का उमेदवारलाई जिताउन आग्रह गरे । जनआन्दोलनबाट प्राप्त उपलब्धि लाई रक्षा गर्दै संविधान स्वृकार्यतालाई बढाउन अब बामपंथी शक्तिले मात्र सम्भव भएको बताएका छन ।

नेकपा माओवादि केन्द्र केन्द्रीय आयोजक समितिका सदस्य एव बागलुङ जिल्ला सह संयोजक राजिव घिमिरे नेकपा एमाले प्रदेश न ४ का सदस्य प्रेम खरेल अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष एव राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजा नेकपा माओवादि केन्द्र केन्द्रीय आयोजक सदस्य गंगा भुजेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य शान्ति अधिकारी बडिगाड गाउँ पालिका अध्यक्ष मेयरसिह पाईजा वडिगाड गाउँपालिका वडा १ का अध्यक्ष बोम बहादुर थापा लगाएतले कार्यक्रममा बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *