Menu

वाम गठबन्धनको संयुक्त वडा भेला गल्कोट हरिचौरमा सम्पन्न

वीरबहादुर चोखाल गल्कोट हरिचौर २०७४ कात्तिक १७ । एमाले , माओवादी र राष्ट्रिय जनमोर्चा सहितको वाम गठबन्धन बागलुङ क्षेत्र नं २ गल्कोट नगरपालिका वडान ५ र ६ को सयुक्त भेला आज हरिचौरमा सम्पन्न भएको छ ।

भेलामा बोल्दै वाम गठबन्धन बागलुङ क्षेत्र नं २ का संयोजक तथा ने क पा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य फमलाल निउरेले नेपालमा वाम गठबन्धन ऐतिहासिक एकता भएकोले गाउँ देखि केन्द्र सम्म वामपन्थी सरकार गठन गरेर समाजवाद लागू गर्न आफुहरु जनता विच आएको भन्दै अवका १० वर्षमा नेपाल समृद्ध हुने बताए । उनले बागलुङ जिल्लालाई राष्ट्रिय राजनीतिमा जोडदै यसको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

अखिल नेपाल टेड युनियनका केन्द्रीय अध्यक्ष नारायण सापकोटाले वैदेशिक हस्तक्षेपलाई परास्त गरि राष्ट्रियता , गणतन्त्र , समावेशी र धर्मनिरपेक्षताको रक्षा गर्नका लागि वाम गठबन्धन आवश्यक भएकोले आफुहरु एकताबद्ध भएको बताए ।
भेलामा एमालेका जिल्ला सदस्य बुल बहादुर के सी , माओवादी केन्द्र महाधिवेशन सदस्य निरमाया श्रीस लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम माओवादी केन्द्र गल्कोटका अध्यक्ष तिलक उप्रेतीको अध्यक्षता , ने क पा एमाले बागलुङका सदस्य ओम सुनारको स्वागत र रा ज मो का टीकाराम कडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *