मेलिना राईको ‘कहाँ जाउँला.. ‘बोलको गीत जनजिब्रोमा

प्रेम सुनार, गुल्मी, २०७४ कात्तिक १७ । । अव छिट्टै प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको कहाँ जाउँला..बोलको गीत वजारमा अहिले देखि नै जनजिब्रोमा गुञ्जिन सफल भएको छ । खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगीतले सजाएका छन् ।

उक्त गीतमा अभिनय गरेका छन् त्यस चलचित्रका नायक विजय तिखातरी र नायिका शान्ति सापाकोटाले । भारतका विभिन्न चलचित्रमा अभिनय र निर्देशन कला सिकेर नेपाल फर्किएका धनगढीका युवा तिखातरी त्यस चलचित्रका निर्माता हुन भने निर्देशन गरेका छन् गिरिस रिजालले । काठमाण्डौ, नेपालगञ्ज, धनगढी र गुल्मीमा छायाँङकन गरिएको चलचित्र नशा एक लत चेलिवेटी वेचविखन र लागुपदार्थ विरुद्ध जनचेतनामुलक कथा वस्तु समेटेर निर्माण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *