Menu

बागलुङको समग्र बिकासका लागी बाम गठबन्त्रनलाई मतदान गर्न आग्रह

बिमल खड्का, खर्बाङ २०७४ कात्तिक १७ । बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङरुको क्षेत्र नम्बर २ बडीगाड गाउँपालिका वडा नम्बर ४ जलजलामा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागरले बागलुङको समग्र बिकासका लागी बाम गठबन्त्रनलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले ग्वालीचौर, जलजला, रणसिह किटेनी हुदै भिङगिठेसम्म मोटर बाटो निर्माण तथा स्तरोन्नसत आफ्नो प्रथामिक योजनामा रहेको बताए । उनले ग्वालिचौरको चमेरे गुफा र थानापति मन्दिर, घुम्टे, शिवलेक, मोतिमारे र गाईघाटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गन पनि बताए ।

सभामा माओवादीका स्थानीय नेता राजिब घिमिरे, बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा, जनमोर्चाका मेखबहादुर पाईजाले पनि बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *