बामगठबन्धन प्रति देशव्यापी जनलहरले विपक्षीहरु मानसिक रुपमै कमजोर

थम्मन थापा सन्देश, गल्कोट,२०७४ कात्तिक १६ । मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि बामगठबन्धनको संयुक्त चुनावी कार्यक्रम बागलुङको गल्कोट नगरपालिका १ दुदिलाभाटीमा सम्पन्न भएको छ ।

चुनावी कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन समिति सदस्य एवं गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीले बामगठबन्धनमा देशव्यापी जनलहर छाईरहेकोले विपक्षीहरु मानसिक रुपमै कमजोर भईसकेको र जनता माझ झुटा आश्वासन दिदै हिडिरहेको बताए ।
उनले सर्वहारा वर्गलाई राज्यको मुल प्रवाहमा ल्याउने शक्ति नै बामपन्थी गठबन्धन भएकोले गोलाकार भित्रको हॅसिया हथौडा चिन्हमा मतदान गर्न आम समुदायलाई अपिल गरे ।

सो अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सचिव भविकला रोकाले एकता नै ठुलो शक्ति भएकोले बाम शक्तिलाई देशको समृद्विमा उपभोग गर्नु पर्ने बताए ।

नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसीले आसन्न प्रदेशसभा र प्रतिनिधि सभामा बाम गठबन्धन २ तिहाई भारी मतका साथ विजयी हुने ठोकुवा गरे । त्यस्तै राष्ट्रिय जनमोर्चाका नेता नारायण सापकोटाले संघियता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधान कार्यान्वयनको निम्ति बामगठबन्धनलाई अत्याधिक बहुमतले विजयी गराउनु पर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *