Menu

काँग्रेसको चुनावी अभियान राङ्खानीमा : लोकतन्त्रको विकास भए मात्रै देशको विकास हुन्छ !

बागलुङ २०७४ कात्तिक १६ । नेपाली काँग्रेस क्षेत्र नं १ को चुनावी अभियान जैमिनी नगरपालिका—१० राङखानीमा सम्पन्न भएको छ । सो चुनावी सभामा बोल्दै क्षेत्र नं १ (ख)का प्रतिनिधी सदस्य उम्मेद्वार एवं राज्यमन्त्री चम्पादेवी खड्काले स्थानीय जनताहरुले विकास चाहने र झण्डाफोरको राजनीतिलाई समाप्त पार्ने भएकाले विकास चाहने पार्टी नेपाली काँग्रेसलाई रुख चिह्नमा मतदान गर्न आग्रह गरिन् । संविधान निर्माण काँग्रेसकै नेतृत्वमा भएको त्यस्को कार्यान्वय पनि काँग्रसले नै गर्ने भन्दै राज्यमन्त्री खड्काले जनतको सुख दुखमा साथ दिने पार्टी भएकाले रुख चिह्नमा मतदान गर्न आग्रह गरिन् । त्यस्तै क्षेत्र नं १ (२)का प्रदेश सभा उम्मेद्वार प्रकास शर्मा पौडेलले काग्रेसले विकास र निकास चाहने भएकाले समृद्ध नगरपालिका निर्माणमा अगाडी बढ्ने बताए ।

सो अवसरमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल,नेपाली काग्रेस क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेविसंघ केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, नेपाली काग्रेस जिल्ला सदस्य पदम पुन,नेपाली काग्रेस महासमिति सदस्य तथा युवा नेता भिम श्रीस, महाधिवेशन प्रतिनिधी गणेश सापकोटा, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली काग्रेस जैमिनी १० का वडा अध्यक्ष कर्णबहादुर श्रीसको अध्यक्षता तरुण दल क्षेत्रीय अध्यक्ष दलबहादुर श्रीसको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैवीच नेपाली काँग्रेस क्षेत्र नं १ (२) को चुनावी प्रचारप्रसार कार्यकर्ता भेटघाट कार्यक्रम जिल्लाको जैमिनी नगरपालिका—९ पैयुथन्थापमा सम्पन्न भएको छ । कार्यक्रममा उम्मेद्वार एवं राज्यमन्त्री खड्काले समृद्ध जैमिनी निर्माणका लागि काँग्रसको रुख चिह्नमा मतदान गर्न आग्रह गरिन् । उनले आफुले नेतृत्व तहमा रहँदा महिला अधिकार र पूर्वाधारको विकास निर्माण गर्न नसकेका कामहरु यहाँहरुले माया गरी रुख चिह्नमा मतदान गरी विजयी गराए पक्कै पूरा गर्ने बताइन । त्यस्तै क्षेत्र नं १ (२) का प्रदेश सभा उम्मेद्वार प्रकास शर्मा पौडेलले यस क्षेत्रको सडक, पुल, भवन र अन्य भौतिक पूर्वाधार निर्माण गर्नका लागि आफु संसदमा रहँदा देखि गरेको भन्दै यहाँको जनताले त्यो गुन नबिर्सी रुख चिह्नमा मतदान गरी आफुलाई जिताउन आग्रह गरे ।

सो अवसरमा जैमिनी नगरप्रमुख इन्द्राराज पौडेल,नेपाली काग्रेस क्षेत्रीय सभापति नारायण शर्मा पौडेल,चिरञ्जिवी गौतम,नेविसंघ सहमहामन्त्री हरिहर शर्मा,नेपाली काँग्रेस पुर्व वडाअध्यक्ष नन्दकिशोर पाध्या लगायतले नेपाली काग्रेसलाई रुख चिह्नमा भोट दिएर विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रम जैमिनी नगरपालिका—९ का वडाअध्यक्ष कटकबहादुर रानाको अध्यक्षता, नेपाली काग्रेस पूर्व उपसभापति पदम केसीको स्वागत र सचिव पूर्णबहादुर रानाको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच जिल्लाको बडिगाड गाउपालिकामा नेपाली काँग्रेसको अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्ने अघिकांश वक्ताहरुले नेपाली काग्रेसलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष उमेश गौतमले सम्पूर्ण आम नेपालीहरुले लोकतन्त्रको रक्षा र विकास निर्माणको पहरेदार पार्टी नेपाली काग्रेसलाई रुख चिह्नमा मतदान गरी काग्रेस उम्मेद्वारलाई विजयी गराउने आग्रह गरेका थिए ।

कार्यक्रममा नेविसंघको केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी,नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधी हरि लामिछाने,नेपाल शिक्षक संघका सभापति उमाकान्त पौडेल, नेपाल शिक्षक संघका सचिव अर्थ राजेन्द्र नेपाल तरुण दलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी गणेश सापकोटा लगायतले लोकतन्त्रका पक्षमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका थिए । नेपाली काँग्रेस बडीगाड गाउँपालिकाका संयोजक अर्जुन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भिमगिठेका सभापति कृष्ण गुरुङले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *