Menu

काँग्रेस शान्ति, लोकतन्त्र र बिकास चाहाने पार्टी भएकोले रुख चिन्हमा मत दिन आग्रह !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक १६ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का प्रतिनिधि सभा र क्षेत्र नम्बर २ को १ का प्रदेश सभाका उम्मेदवार यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त छन । प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व सांसद नर बहादुर पुन निरज र प्रदेश सभाका उम्मेदवार मञ्जेश बम मल्ल यति बेला पाण्डवखानीका जनता सँग भोट माग्न घरदैलो गरिरहेका छन् ।

प्रदेश सभा सदस्यका उमेद्धार मञ्जेश बम मल्लले पाण्डवखानीमा घरदैलो अभियानमा बोल्दै काँग्रेस देशको विकास र निकासका निम्ती एक साहशिलो पार्टी भएका कारण जनताले सधैभरी साथ दिने बताए ।

मल्लले पाण्डवखानीको हरेक सम्भावनालाई आफुले बुझिसकेको र आगामी दिनमा यस क्षेत्रको विकासका लागि कसरी अगाडी बढनुपर्छ भन्ने योजना समेत बनाएको बताए । कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले नेपालमा लोकतन्त्र खतरामा पर्ने सक्ने सम्भावना बढेकोले मुलुकमा लोकतन्त्र जोगाउन काग्रेसले जित्नुपर्ने बताईन् ।

त्यस्तै नेपाली काग्रेसका जिल्ला सदस्य फम बहादुर खत्रीले लोकतन्त्र र मुलुक जोगाउने जिम्मा नेपाली काँग्रेसको काँधकामा आएकाले रुख चिन्हमा मतदान गरी काग्रेसलाई जिताउन आग्रह गरे ।

यसैबिच काग्रेसका भातृ संगठनहरुले चुनावी अभियान आज गल्कोटको चरौदी, रिघा, ग्वालिचौरमा सम्पन्न गरेका छन । अभियानमा नेपाली काग्रेसका जिल्ला सदस्य फम खत्री, महाधिबेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगर, महिला संघका जिल्ला उपाध्यक्ष भिमकली श्रीस, युवा परिचालन क्षेत्र नम्बर २, प्रदेश १ का संयोजक योगेश भण्डारी, प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, युवा प्रचार प्रसार संयोजक गोर्ख भण्डारी लगायतको सहभागीता रहेको थियो ।

रिघामा सम्पन्न चुनावी भेलाले दिनेश श्रीसको संयोजकत्वमा ५ सय ५१ सदस्यीय युवा परिचालन समिति र प्रेम चालिसेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतमले बताए ।

यसैवीच छविलाल पाण्डेले पठाएको समाचारमा नेपाली काँग्रेस क्षेत्र नँ २ (ख)को चुनावी अभियान बिहिबार ढोरपाटन नगरपालिका वडा नँ ४ खुँगामा सम्पन्न भएको छ । आयोजित कार्यक्रममा प्रतिनिनधी सभा सदस्य उमेद्वार नरबहादुर पुन निरजले बोल्दै नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र सँबिधान जारी भएको बताउँदै अबको चुनाब पछि नेपाली काँग्रेसकै नेतृत्वमा सँबिधानको पुर्ण कार्यान्वयन र बिकास नर्मिाण अभियान सुरु हुने बताए । उनले नेपाली काँग्रेस शान्ति, लोकतन्त्र र बिकास चाहाने पार्टी भएको बताउँदै सँबिधानको बचावट र लोकतन्त्रको रक्षाका निम्ती नेपाली काँग्रेस अगाडि बढिरहेको बताउँदै यस पटकको चुनाबमा आफुहरुलाई बिजयी गराउन आग्रह गरे ।

त्यस्तै प्रदेश सभा सदस्य जितबहादुर शेरचनले बोल्दै स्थानीय स्तरको बिकास बिगतदेखि बर्तमान सम्म नेपाली काँग्रेसले नै गर्दे आईरहेको बताउँदै निर्वाचन पछि अबको समय बिकास जनताको अधिकार स्थापित हुने र बिकास निर्माणले स्थान पाउने समय भएको बताउँदै गाँउठाँउको बिकासका निम्ती आफनो उमेदवारी परेको बताउँदै रुख चिन्हमामतदान गरी बिजयी गराउन उहाँले स्थानीय जनतालाई आब्ह्वान समेत गरे ।

त्यस्तै नेपाली काँग्रेस क्षेत्रिय सभापती एवम निर्वाचन परिचालन समितीका सम्योजक दोर्णकुमार कुवँरले बोल्दै नेपाली काँग्रेसको जित भएमा मात्र जनताले शान्ती र लोकतन्त्रको आवास गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला समिती पदाधिकारी, क्षेत्रिय समिती पदाधिकारी, तरुण दल, महाधिबेशन प्रतिनीधि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा क्षेत्रिय सभापती दोर्णकुमार कुवँरको अध्यक्षता रामबहादुर बिकको स्वागत ,प्रेम छन्तयालको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैवीच नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले लोकतन्त्रको विकास भए मात्रै देशको विकास हुनसक्ने बताएकी छिन् । नेपाली काँग्रेस क्षेत्र नम्बर १ (१) प्रदेश सभा को चुनावी प्रचार प्रसार कार्यक्रमलाई बानपा—७ कालिमाटीमा सम्बोधन गर्दै पटक पटक लोकतन्त्र धरापमा परेकाले देशले आर्थिक समृद्धि कायम गर्न नसकेको बताईन् । ‘हामीले लामो समय देखि लोकतन्त्रका लागि मात्रै लडिरहेका छौं,’ उनले भनिन्,‘अब परिवर्तनका लडाई सकिएको छ । विकास गर्ने बेला आएको छ र लोकतन्त्रसंगै देशको विकासका लागि काँग्रेसलाई मतदान गर्नुहोस् ।’

कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (१) का उम्मेदवार दिपेन्द्रबहादुर थापाले समग्र बागलुङको विकास गर्ने खाका आफुले तयार गर्दै गरेको बताए । ‘यहाँको विकासका लागि के गर्न सकिन्छ भनेर हामी खाका बनाउँदैछौं,’ उनले भने,‘हामीसंग विकास विभीन्न योजना छन् । त्यसको कार्यान्वयका लागि काँग्रेसलाई रुख चिन्हमा मतदान गर्नुहोस् र हामीलाई जिताउनुहोस् ।’ कार्यक्रममा समानुपातिक उम्मेदवार कोपिला बोहोरा, नगर सभापति महेन्द्र आचार्य, फणीन्द्र गौतम, दिलबहादुर पराजुली, थमबहादुर थापा, कमला पराजुली, सन्तोषकुमार केसी, शशिधर गौतम लगायतले नेपाली काँग्रेसको रुख चिन्ह हेरेर मतदान गर्न आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *