बाम उमेदवार जिताउन जेष्ठ नागरिकहरु सक्रिय !

रामबहादुर जीसी , बागलुङ, २०७४ कात्तिक १६ । समृद्ध नेपाल निर्माणका लागि स्थीर सरकार निर्माण गर्ने अभियानका साथ गठबन्धन गरेर निर्वाचनमा होमिएका बामपन्थी दलहरु निर्वाचन परिचालन अभियानमा सक्रियताका साथ लागि परेका छन् ।

देशभर मुख्य दुई बामपन्थी र बागलुङमा छुट्टै पहिचान बनाएको राष्ट्रिय जनमोर्चा सहित तीन दलबीचको गठबन्धनले बागलुङका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा विजयी बन्ने लक्ष्यका साथ निर्वाचन परिचालनको अभियान थालेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले बागलुङका ६ वटा निर्वाचन क्षेत्र मध्ये २/२ वटामा उमेदवार दिएका छन् । सबै उमेदवारलाई विजयी बनाउनका लागि नेता कार्यकर्ता, समर्थक सुभेच्छुकहरुलाई निर्वाचनमा केन्द्रीत गराउन जिल्ला व्यापी अभियान थालिएको उनीहरुले बताएका छन् ।

प्रतिनिधिसभाका लागि २ वटा क्षेत्रीय निर्वाचन परिचालन कमिटि, प्रदेशसभाका लागि ४ वटा निर्वाचन परिचालन कमिटि गठन गरी प्रचार अभियानमा लागेका बामपन्थीहरुले बागलुङका ८५ वटै वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन गर्दैछन् । कतिपयमा निर्वाचन परिचालन कमिटि बनि सकेको र कतिपय वडामा निर्वाचन परिचालन कमिटि बन्ने क्रममा रहेको जिल्ला स्तरीय संयुक्त निर्वाचन परिचालन कमिटिका सदस्य तथा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले जानकारी दिईन् ।

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले जेष्ठ नागरिकलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेको र एमालेकै केपी ओली नेतृत्वको सरकारले २ हजार पु¥याएको भन्दै जेष्ठ नागरिकहरु स्वत स्फूर्त रुपमा परिचालन भएको केसीले बताईन ।

यसैवीच निर्वाचनमा बामपन्थीहरुलाई विजयी गराउनका लागि बागलुङमा जेष्ठ नागरिकहरुको सक्रियता बढ्न थालेको छ । नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले जेष्ठ नागरिकलाई सम्मान गरेको भन्दै गाउँ गाउँका जेष्ठ नागरिकहरु एमाले नेतृत्वको बामगठबन्धनलाई जिताउन सक्रिय हुन थालेका हुन ।

चुनाव प्रचारका क्रममा जहाँ जहाँ पुग्यौ त्यहाँ त्यहाँ युवा, महिला जस्तै जेष्ठ नागरिकहरुको सक्रियता देखेर आफुहरु उत्साहित भएको संयुक्त बामगठबन्धनबाट प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ का उमेदवार नेकपा एमालेका युवा नेता डा. सूर्य पाठकले बताए ।
उनले पार्टीले लिएको सही नीतिले युवा, विद्यार्थी, किसान, मजदुर, महिला, दलित, जनजाती लगायत जेष्ठ नागरिकलाई समेत निर्वाचनमा सहयोग गर्न प्रेरित गरेको भन्दै एमालेको तर्फबाट उमेदवार बनेर गाउँमा जाँदा उहाँहरुले गर्ने व्यवहारबाट अत्यन्तै खुशी लागेको र जित सुनिश्चित भएको दावी पनि गरे ।
कार्यक्रम एमाले लेखानीका अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले गर्नु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *