Menu

जनकली बिकका हत्या आरोपी दुई जना र २२ केजी चरेस सहित पक्राउ परेका पाईजा सार्वजनिक !

कोपिला कंडेल/किरण आचार्य, बागलुङ २०७४ कात्तिक १६ । जिल्ला प्रहरी कार्यालय बागलुङले बिहीबार कर्तव्य ज्यान केसका दुई जना र नियन्त्रित लागु औषध चरेस सहित पक्राउ परेका एकजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यान केसका अभियुक्तहरु गल्कोट नगरपालिका- ६ जंगराका ५७ वर्षिय खीमबहादुर निउरे र ताराखोला गाउपालिका वडा नं ४ घर भै हाल गल्कोट नगरपालिका ५ साबिक हरिचौर गाविस लाम्पाटा बस्ने वर्ष ३१ की निशा रेग्मी बिकले साबिक ताराखोला गाउपालिका ४ घरल भै हाल गल्कोट नगरपालिका ५ लाम्पाटामा बस्ने वर्ष ३५ की जनकली बिकलाई कर्तव्य गरी मारेको कसुरमा प्रहरीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

गत असोज २५ गते राति मृतक जनकली बिकको कोठामा अभियुक्त निशा रेग्मी बिक बसी रहेको अवस्थामा अभियुक्त खीमबहादुर निउरे पुगेर तीनै जनाले मदिरा सेवन गरेर अबेर राति निज अभियुक्त निउरेलाई उनको घरमा पुयाउन दुबै निशा र जनकली (जेठानी देउरानी) साथै गएका थिए ।

श्रोतका अनुसार अभियुक्त निउरे कहाँ तीनै जना बसेर फेरी मदिरा सेवन गरे । पछी निउरेले अभियुक्त निशाको सहयोगमा जनकलीलाई यौन सम्पर्क गर्ने प्रयास गर्दा जनकलीले प्रतिबाद गरेपछी भान्सा कोठामा रहेको काठको बीँड भएको चक्कु (छुरा)ले प्रहार गरेपछी जनकलीको मृत्यु हुन पुगेको थियो ।

अभियुक्त निशाले जनकलीको हात समात्ने र निउरेले छुरा प्रहार गर्ने गरेको उनिहरुले बताएको श्रोतको दाबी छ । जनकलीको हत्या पछी अभियुक्तहरु निउरे र निशाले शवलाई तन्नामा पोको पारी नजिकै रहेको दरम खोलामा बगाई दिएको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । स्मरणीय छ, दुबै जेठानी देउरानीका श्रीमानहरु रोजगारीका लागि विदेशमा रहेका छन् ।

यस घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रनानि दामोदर भट्टराई सहितको टोली कात्तिक ९ गते घटनास्थलमा पुगी सोको भोलि पल्ट अभियुक्त दुबै जनालाई पक्राउ गरी कार्यालयमा दाखिला गरेपछी कात्तिक १२ गते जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

यसैबीच बागलुङ जिल्लाको बडीगाड गाउंपालिका- २ खर्बाङ नजिकै रहेको साबिक दगातुन्डाँडा गाविस हाँडी खोलाबाट खर्वाङ प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले अबैध लागु पदार्थ २२ केजी चरेस सहित पक्राउ परेका बडीगाड गाउपालिका ८ रणसिँहकिटेनीका ४५ बर्षिय धन बहादुर बुढा भनिने हस्त पाईजालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आजै सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङ्गले पाईजालाई रातको समयमा शंकास्पद अवस्थामा देखेपछि झोला चेकजाच गर्ने क्रममा प्लाष्टिकको टेपले बेरी प्याकिङ्ग गरेको अवस्थामा २२ केजी ५० ग्राम चरेस सहित ईलाका प्रहरी कार्यालय गल्कोटले जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएका अभियुक्त धनबहादुर पाईजा यस अगाडी गुल्मी जिल्ला बाट ५० केजी चरेस ओसार पसार घटनाका फरार अभियुक्त रहेको जानकारी दिए ।

निज अभियुक्त पाईजालाई जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक बिश्वराज सिहं थापाले जानकारी दिए ।

स्मरणीय छ, खर्बाङ नजिकको हाँडीखोलामा साँझ साढे ६ बजेको समयमा झोला बोकेका दुईजना व्यक्तिलाई शंकाष्पद अवस्थामा देखेपछी खर्बाङ प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले उनिहरुको पिछा गर्दा धनबहादुर भनिने हस्त पाईजालाई दरमखोला पारी रहेको एक होटलबाट पक्राउ गरेको र अर्को भाग्न सफल भएको थियो । गस्ती टोलीले निजहरुको झोलामा २२ केजी भन्दा बढी अबैध लागु औषध चरेस बरामद गरेको थियो । पक्राउ परेका पाईजाले दुई जनालाई ५/५ हजार रुपयाँ दिएर वामी सम्म झोला पुराउन अज्ञात व्यक्तिले दिएको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *