Menu

साताको तस्वीर : प्रचारका बान्की।

बागलुङ २०७४ कात्तिक १६ । आगामी मंसिर १० गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यका उमेदवारहरुले चुनावी प्रचार अभियानलाई तीब्रता दिएका छन् । गाउँ/गाउँ चुनाव प्रचारमा पुगिरहेका उमेदवार र कार्यकर्ता/समर्थकहरुको हुलले चुनाव प्रचारका नयाँ नयाँ बान्की अजमाई रहेका छन् ।

प्राय:जसो ग्रामिण भागहरु सवारी साधनको पहुँचमा रहेकाले उमेदवारहरुलाई चुनावी प्रचारमा सजिलो भएको छ भने सवारी साधन नपुग्ने दुर्गम ठाउँहरुमा लौरो टेकेरै भएपनि उमेदवारहरु घरघर पुगेर मत मागी रहेका छन् ।

बृद्धबृद्धासंग आशीर्वाद लिने र उनिहरुको पाउ पर्नेे प्रचार शैली प्राय: सबै दलका उमेदवारहरुको देखिएको छ । कतै उमेदवारहरु कमर मच्काई मच्काई नाँचेर मतदाताहरुको ध्यान आफुतिर तान्न खोजेको देखिन्छ त कतै ठुलाठुला महत्वाकांंक्षी कुराहरु परोसेर मतदाताहरुलाई दिग्भ्रमित पार्ने प्रयास गरिरहेका छन् । उमेदवारहरुले बजार एरियामा स्मार्ट सिटीको सपना देखी गाउँ/घरमा मोटर, बिजुली, खानेपानी शिक्षा लगायतको सुविधाका कुरा गरिरहेका छन् ।

संविधानको कार्यान्वयन देखी गणतन्त्रको स्थायित्वका लागि आफुलाई मत दिन आव्हान गरिरहेका छन् ।

तर आम मतदाताहरु भने वर्षभर खाने मुख्य धान बाली स्याहार्ने हतारमा छन् । धान काट्ने, कुन्यू लगाउने, झाँट्ने, दाईँ हाल्ने कोदो थन्काउने हतारमा रहेका मतदाताहरुलाई उमेदवारहरुका मीठा मसिना कुरा सुन्ने फुर्सद छैन । तर उमेदवारहरुलाई मतदाताहरुका घर दैलोमा घुम्न भ्याई नभ्याई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *