खार बजारमा लाग्ने पौँदेलीहरुको साँस्कृतिक न्वागी पर्व कात्तिकको अन्तिम सातामा !

कौरव खत्री बागलुङ खर्वाङ २०७४ कात्तिक १६ । बागलुङ र गुल्मी जिल्लाको सीमानमा रहेको ग्वालिचौरमा प्रत्यक वर्ष मंसिर महिनाको पहिलो हप्ता लाग्ने पौदीबासीहरुको न्वागी मेला यो वर्ष यहि कात्तिक महिनाको अन्तिम सातामा लाग्ने भएको छ ।

मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दा कात्तिकको अन्तिम साता अर्थात २८ न्वागी मेला सुरु भएर मंसिर २ गते सम्पन्न हुने भएको मेला आयोजकले जनाएका छन् ।

गुल्मी र बागलुङ जिल्लाको संगमस्थल ग्वालिचौरको खार बजारमा पौदीवासीहरुले प्रत्येक बर्ष न्वागी पर्व मनाउदै आएका छन् ।

पाँच दिन सम्म चल्ने यो पर्व पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध पर्व मेलाको रुपमा परिचित न्वागी मेला धार्मिक साँस्कृतिक परम्परामात्र नभएर यसलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

अहिलेको न्वागी मेलामा १ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएकोे पौदी न्वागी मेला संरक्षण समितिले ईबागलुङलाई जानकारी दिएको छ ।
अहिलेको मेलाको आर्कषणको रुपमा खुल्ला भलिबल, भैलो, सास्कृतिक प्रस्तुती, कृषि प्रर्दशनी लगायतका कार्यक्रमहरु रहेको मेला समितिले जनाएको छ ।

तस्वीर- सुवास पन्त, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *