परिवर्तनको पक्षमा जनमत सिर्जना भईसकेकाले बामपन्थी गठबन्धनको जीत सुनिश्चित- पाठक

प्रकाश छन्त्याल, बागलुङ २०७४ कात्तिक १५ । आगामी मंशिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन प्रचार प्रसार तथा समन्वयनका लागि संयुक्त बामगठबन्धनले जिल्लाको क्षेत्र नं. १ प्रदेश २ बरेङ गाउँपालीकाको वडा नम्वर १ र २ मा महिला निर्वाचन परिचालन समितिको गठन गरेको छ ।

बरेङ वडा नम्वर २ हुग्दिशिरमा दिपा श्रीसको संयोजकत्वमा २५ सदस्यीय र वडा नम्वर १ धुल्लुबास्कोटमा हिमा कुमारी थापाको संयोजकत्वमा २५ सदस्यीय महिला निर्वाचन परिचालन समितिको गठन भएको छ ।

संयुक्तबाम गठबन्धनले चुनाव प्रचारप्रसार अभियान अन्तर्गत आज बरेङ गाउँपालिकाको बरेङ बजारमा चुनाव प्रचार – प्रसारका कार्यक्रममा सो समितिको गठन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्तबाम गठबन्धन बागलुङ क्षेत्र न. १ प्रतिनिधी सभा सदस्यका उमेदवार सूर्य पाठकले, बाम गठबन्धनको दुई तिहाई बहुमतका साथ बिजयी सुनिश्चित परिवर्तनको पक्षमा जनमत सिर्जना भईसकेकाले भएको बताए । त्यस्तै क्षेत्र न १ ख का प्रदेशसभाका उम्मेदवार कृष्ण थापाले जिल्लाका विकट क्षेत्रहरुलाई उच्च प्रथामिकतामा राख्दै विकासका योजनाहरु अगाडि बढाईने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाल,े बामगठबन्धनको जग बलियो र सशक्त भएकाले चुनावमा विजय प्राप्त गर्न औपचारिकता मात्र बाकी रहेको बताए ।

कार्यक्रममा पूर्व सांसद तथा अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चिनिमाया काला, नेकपा एमाले प्रदेश न. ४ का सदस्य श्रीप्रसाद शर्मा लगाएतले सम्वोधन गरेका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य हिरा बहादुर थापाको अध्यक्षता, नेकपा माओबादी केन्द्रका झोम बहादुर थापाको स्वागत मन्तव्य र नेकपा एमालेका प्रेम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *