बामपन्थीहरु सधै भण्डाफोर गरेर काम भन्दानी आफ्नो दुनो सोझाउन हिडेका हुन् : पूर्व सांसद पौडेल

नारायण रिजाल, बागलुङ २०७४ कात्तिक १५ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा र १ को २ का प्रदेश सभाका उम्मेदवार यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् ।

प्रतिनिधि सभाका उम्मेदवार राज्यमन्त्री,चम्पादेवी खड्का र प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मा पौडेल यतिबेला जिल्लाको दक्षिण छिस्तीका जनता सँग घरदैलो गरिरहेका छन् ।

जैमिनी नगरपालिका वडा नं. ८ मा रहेको छिस्ती केही समय बिकट मानिथ्यो तर अहिल कालीगण्डकी करिडोर सँगै जोडिएका स्थानिय मोटरबाटोले जिल्ला सदरमुकाम देखी २ घण्टामा पुगिन्छ । मोटरबाटो पुगेको पनि धेरै भएको छैन अहिले गाँउका जनताहरु निकै खुसी रहेका छन ।

यो बाटो खुलाउनको मुख्य देन नेपाली काँग्रेसका पुर्व सांसद प्रकाश शर्मा पौडेलको नेतृत्वमा भएको हो भन्छन , स्थानिय दयाराम शर्मा । विकासका निम्ती काँग्रेस अहोरात्र खटेको उनि बताउँछन । चुनावी अभियान अन्र्तरगत राज्यमन्त्री चम्पादेवी खड्का र प्रकाश शर्मा पौडेल बुधबार छिस्तीको वाईनकुनमा पुगेका छन त्यहाँका जनताले उनिहरुलाई फुलमालाले स्वागत समेत गरेका थिए ।

कार्यकर्ताको माझमा चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङ १ का प्रतिनिधि सभाका उम्मेदवार राज्यमन्त्री खड्काले आफु बागलुङको दक्षिण भेगकी चेली भएका कारण आफ्नो चेलीलाई पक्कै पनी यहाँका जनताहरुको साथ रहेने बताईन । उनले विकासका निम्ती यहाँहरुले जिताएर काम गर्ने मौका दिनुहुनेछ भन्ने आशा व्यक्त गरेको बताईन ।

त्यसैगरी प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मा पौडेलले छिस्तीको हरेक सम्भावनालाई आफुले बुझिसकेको र आगामी दिनमा यस क्षेत्रको विकासका लागि कसरी अगाडि बढनुपर्छ भन्ने योजना समेत बनाएको बताए । उनले बामपन्थीहरु सधै भण्डाफोर गरेर काम भन्दानी आफ्नो दुनो सोझाउन हिडेको भनी यिनिहरुले जनतालाई सधै छल्नेमात्र काम गरेको बताए ।

कार्यक्रम काँग्रेस जैमिनी ७ छिस्तीका संयोजक दयाराम शर्माको अध्यक्षता, भोजराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *