Menu

निसीभुजी जनता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अर्यालव्दारा पदभार ग्रहण !

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १५ ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पस व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष चन्द्रलाल अर्यालले आज एक कार्यक्रमका विच पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले क्याम्पसमा रहेको हरेक समस्याहरुको पहिचान गरि त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै आफुले क्याम्पसका विभिन्न कार्यलाई पुर्णता दिन अबका दिनमा सबैसँग हातेमालो गरि जाने बताए । क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक सुधारका लागि सबैको साथ चाहिएको पनि उनको भनाई थियो ।

नवनियुक्त अध्यक्ष अर्याललाई क्याम्पसमा अध्यापनरत सह—प्रध्यापक, व्यवस्थापन समितिका पदाधिकारीहरुले फुलमाला र अविर लगाएर स्वागत गरका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त उक्त क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष धिरप्रताप सिंहले राजिनामा दिए पछि क्याम्पसले अध्यक्षका लागी रुद्र पौडेल, मेशलाल शर्मा र चन्द्रलाल अर्यालको नाम त्रिभुवन विश्व विद्यालयमा सिफारिस गरेर पठाएकोमा त्रिभुवन विश्वविद्यालयले अर्याललाई नियुक्त गरि पठाएको हो ।

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यको अध्यक्षता क्याम्पस सह प्रध्यापक निम बहादुर जिसीको स्वागत मन्तब्य तथा क्याम्पसकै सह प्रध्यापक ईश्वरी शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *