Menu

काँग्रेसको चुनावी सभा बोङगादोभान र हटियामा : संविधान कार्यान्वयनका लागि काँग्रेसलाई भोट !

छबिलाल पाण्डे, बुर्तिवाङ / गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक १५ । तमानखोला गाँउपालिकाको वडा नँ ३ र ४ साबिक तमान गाबिस देखि सुरु भएको नेपाली काँग्रेस क्षेत्र नँ २ (ख) को चुनावी सभा बुधबार तमानखोला गाँउपालिकाको वडा नँ १ साबिक बोङगादोभानमा सम्पन्न भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दे प्रदेश सभा सदस्यका उमेदवार नरबहादुर पुन निरजले अबको चुनाब पछि बिकास निर्माण र सँबिधानको पुर्ण कार्यान्वयन गर्ने समय भएको उल्लेख गर्दै गाँउठाँउको बिकास चाहाने जनताले नेपाली काँग्रेसका उमेदवारलाई बिजयी गराउनु पर्ने समय आएको बताए ।

नेकपा एमाले , माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले बाम तालमेलको नाममा चुनाब जित्ने र जनतालाई १० बर्ष पछि धकेल्ने, सँबिधानको कार्यान्यन हुन नदिने खेल भएको आरोप लगाउँदै पूर्व सांसद समेत रहेको निरजले जनताहरु सचेत भएर यस पटकको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदिन आग्रह गरे ।

उनले आफुले २०६६ सालको सँसदीय चुनाबमा जित्दाको परिबेसमा शैक्षिक क्षेत्र र सडक क्षेत्रलाई अगाडि बढाएको बताउँदै यस पटक आफनो जितभएमा सबै समय बिकास निर्माण र युवा स्वरोजगार मुलक कार्यक्रममा दिने बताए ।

त्यस्तै प्रदेश सभा (ख ) का उमेद्वार जीत शेरचनले बोल्दै आफु तमानखोला गाँउपालिकामा जन्मिएको एक गरीव परीवारको सदस्य भएको र आफुमा कहिल्यै पनी आफनो स्वार्थका निम्ती माथि उठ्ने भावना नभएको बताउँदै आफु बिद्यार्थी कालदेखि राजनीतिक यात्रा हुँदै समाज सेवामा लागेको ब्यतिm भएका कारण यसपटकको चुनाबमा आफनो जीत भएमा छोटो समयमै नमुना काम गरेर जनताको सेवामा जुट्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापती तथा निर्वाचन परिचालन समितिका संयोजक दोर्णकुमार कुवँरले वाम गठबन्धन जनताको आँखामा छारो छर्ने खेलभएको बताउँदै शान्ति र समृद्धिको निम्ती सचेत भएर नेपाली काँग्रेसलार्इ मतदान गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, उपप्रमुख मानसरी शेरचन, जिल्ला सदस्य रामबहादुर बिक, पूर्व जिल्ला कोषाध्यक्ष लालप्रसाद घर्ती, पूर्व जिल्ला सदस्य खड्क पुन लगाएतको मन्तब्य रहेको थियो ।

कार्यक्रम नेपाली काँग्रस क्षेत्रिय सभापती दोर्णकुमार कुवँरको अध्यक्षता तमानखोला गाँउपालीका संयोजक खगेन्द्रमान पुनको स्वागत, भुवानी शंकर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच नेपाली काँग्रेसको चुनावि सभा गलकोटको हटियाबजार र बोङगादोभानमा सम्पन्न ।। उता गल्कोट नगरपालिका ३ हटिया बजारमा घरदैलो अभियान कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नम्बर २, १ का उमेदवार मञ्जेशबम मल्लले लोकतन्त्र र मुलुक जोगाउने जिम्मा नेपाली काँग्रेसको काँधकामा आएकाले यसको रक्षाका लागी आफुलाई मतदान गर्नका लागी आग्रह गरेका छन् । मल्लले गरिब, दलित, महिला समुदायको हक अधिकार सँगै विकास निर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाउने पार्टी नेपाली काँग्रेसमात्र भएको बताउँदै यस पटकको चुनावमा आफुहरुलाई मतदान गरेर शान्ति विकास र लोकतन्त्रको जर्गेना गर्ने अभियानमा साथ दिन आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापति घनश्याम गौतम, जिल्ला सदस्य फम खत्री, पुर्व जिल्ला सदस्य मुकुण्द भण्डारी, गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगर, नेपाली काग्रेस गलकोट नगर संयोजक नारायणध्वज मल्ल, गल्कोट नगरपालिका वाड नम्बर ३ का वाड सदस्य बेल बहादुर बोहोरा, नेपाली काग्रेस गल्कोट नगरपालिकाका संहसंयोजक ढालिन्द्र प्रसाद गौतम, प्रचार प्रसार समिति सदस्य पवन हमाल र कृष्ण सुवेदी लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *