Menu

बाम गठबन्धनको चुनावी अभियान : ग्वालिचौरलाई ग्रामिण नमुना शहर बनाउछु – सागर

बिमल खड्का, खर्वाङ २०७४ कात्तिक १५ । बाम गठवन्धनबाट बागलुङ क्षेत्र नं २ को क प्रदेश सभा सदस्यका लागि उमेदवार बनेका माओवादीका पोलिटव्यूरो सदस्य चन्द्रबहादुर बुढा सागरले मध्यपहाडी लोकमार्गबाट भित्र सम्म सडक बिस्तार गरी ग्वालिचौरलाई ग्रामिण नमूना शहर बनाउने बताएका छन् ।

आज बडीगाड गाउपालिकाको ग्वालिचौरमा आयोजित संयुक्त चुनावी प्रचार अभियानमा बोल्दै यस्तो बताएका हुन् । उनले निर्वाचित भएपछि यस ठाउँको शिक्षा स्वास्थ्य रोजगारीको श्रृजना गरि बिकाशको जनताले अनुभुती हुने गरि काम गर्ने बताए ।

बार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य राजिव घिमिरे, एमाले जिल्ला कमिटी सदस्य अग्नि शर्मा, जनमोर्चाका मेख बहादुर पाईता, एमाले जिल्ला कमिटी सदस्य जीवन कुवँर घिमिरे, राष्ट्रपति कार्यालयका सम्पर्क अधिकृत हिरामणी आचार्य, बडीगाड गाउँपालिकाका अध्यक्ष मेयर सिह पाईजा, एमालेका टिकाराम घिमिरे गुणानिधी घिमिरे छविलाल घिमिरे लगाएले आफ्नो मन्तव्य व्यत्त गरेका थिए।

कार्यक्रममा निर्वाचन सम्पर्क कार्यालयको लागी कमलराज आचार्यको संयोजकमा ३ सदस्यीय निर्वाचन निर्देशन समितिमा मेयरसिह पाईजाको संयोजकमा ५ सदस्य निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिमा अग्नी शर्माको संयोजकमा २५१ सदस्यीय युवा परिचालनमा उत्तम जिसीको संयोजकत्वमा १५ सदस्यीय महिला परिचालनमा जीवन कुवर घिमिरेको संयोजकतवमा ५ सदस्यीय शिक्षक बुद्धिजीवीमा बेद प्रसाद घिमिरेको संयोजकमा ३१ सदस्यीय बिद्यार्थीमा सन्दिका घिमिरेको संयोजकमा ५० सदस्यीय र दलितमा मिठु सुनारको संयोजकमा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।

कार्यक्र बडीगाड गाउँपालिका वडा न ५ का माओवादी अध्यक्ष कलाघर घिमिरेको अध्यक्षयता घनश्याम घिमिरेको स्वागत र आईपि आचार्यले संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *