Menu

पाण्डवखानीमा १ सय ७ सदस्यीय बाम गठबन्धन निर्वाचन परिचालन कमिटि गठन

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक १५ । आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि बामगठबन्धनको संयुक्त चुनावी कार्यक्रम बागलुङको गलकोट नगरपालिका १० पाण्डवखानीमा आज सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन समिति सदस्य गुमानसिंह बुढाथोकी, नेकपा एमाले गलकोट नगर समिति संयोजक डम्मर श्रीस र राष्ट्रिय जनमोर्चा गलकोट नगर संयोजक टंक केसीले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा आगामी मंसिर १० गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल पार्न नेकपा माओवादी केन्द्र पाण्डवखानीका अध्यक्ष छम काउचाको संयोजकत्वमा १ सय ७ सदस्यीय बाम गठबन्धन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

समितिको उपसंयोजकमा पृथ बहादुर श्रीस र सचिव खडक श्रीस रहनुभएको छ । त्यस्तै प्रेम रानाको संयोजक, जवान श्रीस उपसंयोजक र पदम पुन सचिव रहेको ४५ सदस्यीय युवा परिचालन कमिटि र गीता विश्वकर्मा संयोजक र सावित्रा पुन उपसंयोजक र ज्ञानु सुनार सचिव रहेको २५ सदस्यीय महिला परिचालन कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उच्चस्तरिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका अध्यक्ष पृथ बहादुर श्रीसको अध्यक्षता, नेकपा माओवादी केन्द्रका छम काउचाको स्वागत र नेकपी एमालेका सदस्य खडक सिंह श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *