Menu

गुल्मीमा बाम गठबन्धनबाट एमालेका ज्ञवाली र विष्ट तथा काँग्रेसबाट भण्डारी र केसी भीड्ने !

राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले पनि उमेदवारको टुंगो लगायो ! प्रचण्डका ज्वाँई छुटे !

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक १५ । ५ नम्वर प्रदेश अन्तरगत दोश्रो चरणमा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा बाम गठबन्धन सहित सवै दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको गुल्मीमा वाम गठबन्धनबाट नेकपा एमालेका सचिवव्दयः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्ट क्रमश क्षेत्र नम्वर १ तथा २ बाट उमेदवारी दिने भएका छन् ।

उनिहरुका प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसले १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारी र २ बाट चन्द्र केसीलाई उमेदवार खडा गरेको छ । गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधी सभाको उम्मेदवार र २ वटा प्रदेश सभा एमाले पाउने भएको छ भने माओवादीले २ वटा प्रदेश सभा पाउने गरी गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ‘ख’ प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । प्रदेश सभामा सिफारिस भएका यी दुवै जना जना पूर्व संसद र प्रभावशाली नेता हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ ।

गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ ।

नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए ।

प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए ।

गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकार्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।

मंगलबार साँझ सम्म आशावादी रहेका प्रचण्डका ज्वाईचेला माओवादी केन्द्रका बुद्धि जिसी उमेदवार हुनबाट छुटेका छन् । प्रतिनिधी सभा उमे्दवारमा सिफारिस भएका उनी एमाले संगको बाँडफाँडमा दुवै प्रतिनिधी सभाको उमेदवार एमालेले लिएमा माओवादी केन्द्रबाट प्रतिनिधी सभाको उमेदवार स्वतः प्रदेशको पाउने केन्द्रले नीति बनाएको भन्दै त्यही नीति अनुसार आफुले टिकट पाउने कुरामा आशावादी थिए । तर, माओवादी केन्द्रले पाएको ४ नम्वर प्रदेशमा सुरु देखि नै सिफारिस भएका दिनेश पन्थीलाई केन्द्रले उमेदवारको अन्तिम टुङ्गो लगाएर पठाएको सो पार्टीका पोलिट्व्युरो सदस्य सुदर्शन बरालले बताए ।

जिसी जस्तै कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी उमेदवारका लागि सुरु देखि चर्चाका पात्र थिए । उनि पनि अन्तिममा आएर छुटेका छन् । कांग्रेसबाटै रुद्रमणि शर्मा भण्डारी, महेन्द्र भण्डारी, प्रेमनारायण भण्डारी श्रीप्रसाद भलामी लगायतका सुरु देखि चर्चामा रहेपनि अन्तिममा उनिहरुपनि पाखा परे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *