बाम गठबन्धनमा कसैलाई हारको छुट छैन – सागर

बिमल खड्का, ताराखोला २०७४ कात्तिक १४ । माओवादी प्लीटव्युरो सदस्य तथा बाम गठबन्धन बागलुङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उमेदवार चन्द्र बहादुर बुढा सागरले बाम गठबन्धनमा हारको छुट नभएको बताएका छन।

हरिबोधनी एकादशी मेलाको अबसरमा त्रिशूली युवा क्लब ताराखोला ३ हिलले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धन बागलुङका सबै उमेदवारको जित सुनिश्चित भएकाले त्यसमा लागि पर्ने कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा ताराखोलामा शिक्षा स्वास्थ्य यातायातस तथा पर्यटनको बिकाशका लागी आफु सधै जनतामाझ रहेर जनताको पिर मर्का बुझेर अगाडि बद्ने प्रतिबद्ता व्यत्त गरे । साथै यस ठाउको बिकाशको मुल फुटाउन आफ्नो उमेदवारी रहेको बताए ।

आसनन निर्वाचनमा संयुक्त बामका उमेदवारहरुले नैतिकताको रुपमा जितेको समेत दावी गरे ।

कार्यक्रम ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति माओवादी केन्द्र आयोजक समिति सदस्य तथा बागलुङ जिल्ला सह संयोजक राजिव घिमिरे, बिद्यार्थी नेता पदम खत्री, बाईसियलका केन्द्रीय नेता नरेश केसी माओवादी नेता धन बहादुर बिक हिमाल लगाएको उपस्थित रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *