रिघामा बाम गठवन्धनको चुनावी भेला सम्पन्न

कमल पौडेल, खर्वाङ २०७४ कात्तिक १४ । संयुक्त वाम निर्वाचन परिचालन कमिटिको आयोजनामा गल्कोट नगरपालिका वडा नं. ११ काप्रेमा चुनावी भेला सम्पन्न भएको छ । भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय अधिवेशन आयोजक कमिटीका सदस्य गुमानसिंह वुढाथोकी, नेकपा एमाले गल्कोट नगरकमिटि संयोजक डम्वर श्रीस, राष्ट्रिय जनमोर्चा गल्कोट नगर कमिटि संयोजक टंक केसी, नेकपा माओवादी केन्द्र गल्कोट नगर उपसंयोजक गंगा भुजेल लगाएतले वोलेका थिए ।

भेलामा वोल्ने वक्ताहरुले देशमा राजनैतिक स्थायीत्व र सम्वृद्धिको लागी वाम गठवन्धनका उमेदवारलाई जिताउन आग्रह गरेका थिए। वक्ताले यहि कार्तिक १८ गते ११ वजे मनेवा, २ वजे वडा कार्यालयको प्रांगणमा प्रदेश सभा उमेद्वार सहित हुने कार्यक्रम, २९ गते प्रतिनिधि सभा उमेद्वार सहित हुने कार्यक्रम तथा मंसिर २ गते गल्कोट नगरमा हुने वृहत आमसभामा सहभागि हुन सवैलाई अनुरोध समेत गरेका थिए ।

भेलाले माओवादीका नर वहादुर घर्तीको संयोजक, राजमोका दल वहादुर वुढाथोकी उपसंयोजक तथा एमालेका डोलेन्द्र राना सचिव रहेको १ सय ५५ सदस्यिय निर्वाचन परिचालन गल्कोट नगरपालिका ११ को मुल समितिको गठन गरेको छ । त्यस्तै भेलाले धिरेन राजवंशी, दान वहादुर श्रीस, सुमन श्रीस, रिम वहादुर राना, श्याम श्रीस, रमेश विक, पूर्ण राकसकोटी, चेतनारायण सापकोटा, देवेन्द्र पुन र भक्तिराम पुन रहेको युवा परिचालन समिति तथा गंगा श्रीस, विष्णु विक, सरिता नेपाली, भिमला घर्ति, पूर्णकला राना, रुपा विक, माया सिँजाली रहेको महिला परिचालन समितिको गठन गरेको छ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका नर वहादुर घर्तिको अध्यक्षता, नेकपा एमालेका घिरेन राजवंशिको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका दल वहादुर वुढाको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *