भोलि कात्तिक १५ गते बुर्तिवाङ बजार बन्द

सुमन सुनार, बुर्तिवाङ, २०७४ कात्तिक १४ । उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङले सधै जस्तै हरेक महिनाको १ गते र १५ गते गर्ने गरेको बजार बन्दलाई भोली कार्तिक १५बाट पुन सुचारु गर्न व्यवसायीलाई आग्रह गरेको छ । संघको सचिवालय बैठकले, यस अघि तिज ,दशै तथा तिहारका अवसरमा खुल्ला गरेको बजार बन्द कार्यक्रमलाई भोली कै मितिबाट तत्काल पुनः कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै व्यवसायीलाई पनि यो कार्यक्रममा इमान्दार पूर्वक सहयोग गरिदिन आग्रह गरेको हो ।

गत भदौ महिनादेखि नेपालीहरुको पर्व परेसँगै हरेक वर्ष बजार बन्द कार्यक्रमलाई खुल्ला गर्ने समितिको निर्णय अनुसार बजार खुल्ला राखिएको थियो । सबै पर्वहरु सकिएका कारण अव बजार बन्द कार्यलाई सूचारु गर्न संघका अध्यक्ष चिन्तामणी शर्माले आग्रह गरेका छन् ।

पश्चिम बागलुङका खर्वाङ, खार, भिमगीठे, बुर्तिबाङ, देविस्थान, झिवाखोला लगायतका अन्य बजार क्षेत्र बन्दका लागि संघले व्यवसायीकै माग अनुसार बन्द गर्ने कार्यक्रम ल्याएको थियो । उक्त कार्यमा सबै व्यवसायीलाई स्मरण गराई भोलि कात्तिक १५ गतेदेखिनै कार्यान्वयन गरिदिन संघले आग्रह गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *