प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले कार्तिक १७ गते पूर्ण खोप घोषणा कार्यक्रम गर्ने

सुमन सुनार, बुर्तिवाङ, २०७४ कात्तिक १४ । ढोरपाटन नगरपालिकाको वडा नं. १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा यही कार्तिक १७ गते पूर्ण खोप घोषणा कार्यक्रम हुने बताइएको छ ।

नगरपालिकाको वडा नं. १, २ र ३ वडाको संयुक्त रुपमा पूर्ण खोपयुक्त वडा घोषणा कार्यक्रम हुने प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेलले बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका उपमहानिर्देशकको समेत उपस्थिति रहने बताइएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सहित सुअहारा कार्यक्रमका प्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति रहने बताइएको छ ।

यस्तै स्वास्थ्य केन्द्रमा चित्रबहादुर भण्डारीको अध्यक्षतामा सञ्चालन तथा व्यवस्थापन समिति पनि गठन भएको छ । जस्को उपाध्यक्षमा ददीराम शर्मा, सदस्यहरुमो उद्योग वाणिज्य संघका प्रतिनिधि चिन्तामणी शर्मा, उत्तरगंगा माध्यमिक विद्यालय प्रतिनिधि तथा प्रधानाध्यापक धनबहादुर कुवँर, महिला प्रतिनिधि सीता कँडेल, वडा कार्यालयका अधिक्ृत तथा सदस्य सचिवमा स्वास्थ्य केन्द्रका प्रमुख डा सुनिल प्रसाद जैसवाल रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *