बाम गठबन्धन चुनावी गठबन्धन मात्र नभई बामपार्टीलाई संस्थागत गर्ने विधी पनि हो: बलावती शर्मा

राम सुवेदी बुर्तिवाङ २०७४ कात्तिक १४ । बुर्तिवाङ बजारमा आयोजित तीन बाम पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणात्मक कार्यक्रममा बोल्ने बामपार्टीका नेताहरुले, समग्र बागलुङ जिल्लानै बाम पार्टिहरुका उमेदवारले जित्ने सुनिश्चित भएको दावी गरेका छन् । सबै पार्टीका कार्यकर्ता, समर्थक र जनतामा समेत बामपार्टी प्रति विश्वास र जागरण सहितको उत्साह पैदा भएको भन्दै, उक्त जन उभारलाई संस्थागत गर्दै आफ्ना मत सुरक्षित तथा अन्य जनतालाई प्रशिक्षित बनाउँदै लैजानु पर्ने कार्यभार सबै पार्टीमा भएको बक्ताहरुको भनाई थियो ।

कार्यक्रमका बोल्दै माओवादी केन्द्रका तर्फबाट पूर्व सभासद समेत रहेकी बलावती शर्माले, यो बाम गठबन्धन केवल चुनावी गठबन्धन मात्र नभई बामपार्टीलाई संस्थागत गर्ने विधी समेत भएको बताईन् ।

बामपार्टिहरु अवको राज्यमा दुई तिहाई बहुमत र धेरै प्रदेश सरकार प्रमुख सहित सञ्चालनको जिम्मेवारी सहित आउने भएकाले जनताका आधारभुत समस्या समाधानका लागि स्थायी सरकार बनाउने तयारीमा रहेको बाम पार्टीका उमेदवारहरुलाई मतदान गरि जिताउन शर्माले आग्रह गरिन् ।


यस्तै कार्यक्रममा संयुक्त बाम पार्टीका तर्फबाट बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत, तमानखोला, ढोरपाटन निसीखोला कलस्टर प्रदेश २ का प्रत्यासी उमेदवार टेकबहादुर घर्तीले बामपार्टीहरुको जनमत काँग्रेस भन्दा करिव ५ हजारको अन्तरले बढी भएकाले उक्त जनमतलाई संरक्षण गर्नु सबै तीन पार्टीहरुको दायित्व रहेकाले स्थानीय स्तरसम्म जनताकाबीचमा यो सन्देशलाई सबै कार्यकर्ताले लैजानु पर्ने बताए । त्यससँगै स्थानीय स्तरमा रहेका सबै तरल मतदाताहरुलाई अब संयुक्त बाम पार्टिहरुका उमेदवारहरुलाई मतदान गर्न आग्रह गर्दै चुनावी अभियानलाई गाउँ गाउँ टोल टोल र घरघरमा पु¥याउनु पर्नेमा जोड दिए ।

यस्तै नेकपा एमालेका नेता तथा समानुपातिक उमेदवार मोहनलाल शर्माले बामपार्टीका उमेदवार उत्साहका साथ जनताको घर दैलोमा, पुगेर उनीहरुलाई बाम जनमतमा सहभागी भई बामपार्टिका साझा उमेदवारहरुलाई मतदान गर्न मतदाता शिक्षा तत्काल सञ्चालन गर्न आग्रह गरे ।
यस्तै माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालले, बामपार्टीहरुको तालमेलसँगै भइरहेको गठबन्धनले तीन पार्टिबीच विगतमा भएका मतभेल अन्त्य गर्ने मौका दिएको भन्दै सबै तिता नमिठा कुराहरुलाई विर्सेर नयाँ ढंगले, बामपार्टीहरुको एकतालाई संस्थागत गर्दै लैजानै जिम्मेवारी हामीमा आइपुगेको बताए । यो एकतालाई शक्तिमा रुपान्तरण गर्नका लागि हिजोका कमी कमजोरी कही कसैले नऔंल्याउन र भिन्न भिन्न विचारको संयोजनले एक अर्कालाई सम्मानपूर्वक स्वीकार गर्ने मौकालाई नगुमाउन कार्यकर्तालाई निर्दैशन पनि दिए ।

उता राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा निर्वाचन परिचालन समिति प्रदेश २ का संयोजक धर्मबहादुर कुवँरले सबै बामपार्टिहरुको यो उत्साहजनक जमघट र बहुमतलाई मतदानबाट प्रमाणित गरि समाजवाद उन्मुख समाज रुपान्तरणका शक्ति बाम पार्टि हुन भन्नै प्रमाणि गर्न मतपेटिकासम्म जनताको मत सुरक्षित गर्नु पने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे र पनबहादुर विश्वकर्माले समेत आफ्नो धारणा राखेका थिए । भेलामा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समर्थक ढोरपाटन नगरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष धनबहादुर अदैको अध्यक्षता, माओवादी केन्द्रका जिल्ला सल्लाहकार शेरमान घर्तिको स्वागत मन्तव्य तथा नेकपा एमाले ढोरपाटन नगर उपसंयोजक केशर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको छ ।

यसैवीच संयुक्त बाम गठबन्धनको एक भेलाले आजै ढोरपाटन नगरपालिका स्तरीय संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले लक्ष्मण पुनको संयोजकत्वमा नगर स्तरीय सबै तीन पार्टिका कार्यकर्ता सम्मिलित निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यस्तै नगरपालिकाका सबै ९ वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन कमिटि तथा महिला युवा र दलितहरुको पनि भिन्नै समितिहरु बनाइएको छ ।

वडा नं. १ मा चित्रबहादुर भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन भएको छ । यस्तै वडा नं. २ को निर्वाचन परिचालन समितिको संयोजकमा युवराज महत, वडा नं. ३ को संयोजकमा नरबहादुर सुनार, वडा नं. ४ को संयोजकमा तीलक पुन, वडा नं. ५ को संयोजकमा लक्ष्मण पुन, वडा नं. ६ को संयोजकमा थमबहादुर छन्त्याल, वडा नं. ७ को संयोजकमा दीपक थापा, वडा नं. ८ को संयोजकमा नन्दे सुनार र वडा नं. ९ को संयोजकमा हरीबहादुर घर्ति रहनुभएको छ । सबै वडामा मिहला, दलित र युवा संगठनका संयोजकहरु सहित अरु सदस्य सहितको निर्वाचन परिचालन उपसमिति समेत भेलाले गठन गरेको प्रदेश निर्वाचन परिचालन समितिका संयोजक धर्मबहादुर कुवँरले बताए ।

भेलाले तत्काल वडामा गठन भएको निर्वाचन परिचालन समितिको बैठक बस्ने, वडाको पायक पर्ने स्थानमा निर्वाचन प्रचार प्रसार कार्यलय स्थापना गर्ने, मतदाता शिक्षा, घरदैलो तथा भेटघाट कार्यक्रममा लाग्ने समेतको निर्णयहरु गरिएको बताइएको छ । भोलि नै सबै वडाहरुमा निर्वाचन प्रचार प्रसार कार्यालयहरु स्थापना हुने माओवादी केन्द्रका नगर अध्यक्ष चन्द्रलाल अर्यालले बताए ।

सबै जनतासँग भेटघाट र प्रचार प्रसारलाई तीव्र पार्ने युवा परिचालन महिला तथा दलित समुदायमा मतदाता शिक्षा र बाम गठबन्धनको महत्वका विषयमा जनतालाई बुझाउन सबै संयन्त्र परिचालन हुने एमालेका तर्फबाट प्रदेश निर्वाचन परिचालन समितिका सदस्य केशर छन्त्यालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *