राज्यकोषबाट रकम पाउने बागलुङ, पर्वत र म्याग्दीका भाग्यमानीहरु

बागलुङ २०७४ कात्तिक १४ । गृह मन्त्रलय समेत स्वयंले सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यकोषबाट आफना ३ सय १० जना कार्यकर्ताहरुलाई एकै दिनमा ४ करोड ५८ लाख ५० हजार बढी रुपयाँ बाँडेका छन् ।

राज्यकोषबाट प्रधानमन्त्री देउवाको निगाहले बागलुङ, पर्वत र म्याग्दीका केहि भाग्यमानीहरु १ लाख देखी २ लाख रुपयाँ सम्म प्राप्त गरेका छन् । यसरी रकम पाउनेहरुमा बागलुङ जैदीका दयाराम सापकोटाले रु २ लाख, जैदी कै टेकबहादुर रानाले रु १ लाख ५० हजार, बलेवा नारायणस्थानको देव शर्मा पौडेलले रु २ लाख, छिस्तका बसन्त पौडेलले रु १ लाख, रहेका छन्।

उता म्याग्दी राखुका देबबहादुर मल्लले र पर्वतका अभिमन्यू जोशीले जनही २/२ लाख रुपयाँ पाएका छन् । यी उल्लेखित व्यक्तिहरु बाहेक म्याग्दी पर्वत र बागलुङ अन्य जनहरुले पनि रकम पाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *