मल्ममा संयुक्त बाम गठबन्धन भेला सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक १४ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन जिल्लाको गल्कोट नगरपालिका ७ मल्ममा संयुक्त चुनावी भेला सम्पन्न भएको छ ।

संयुक्त बाम गठबन्धन भेलाले नेकपा माओवादी केन्द्रका छुम बहादुर थापाको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । सो अवसरमा २१ सदस्यीय सचिवालय समिति, ७५ सदस्यीय युवा परिचालन समिति, ७५ सदस्यीय दलित परिचालन समिति गठन गरिएको छ ।

भेलामा नेकपा माओवादी केन्द्र महाधिवेशन प्रतिनिधि सदस्य गुमानसिंह बुढाथोकी, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिका संयोजक टंक केसी, बाम बुद्विजीवी होम बहादुर थापा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य डिल बहादुर परियार र गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *