संयुक्त वाम गठबन्धनलाई जिताउन बागलुङमा बुद्धिजीवीहरुको भेला सम्पन्न !

वीरबहादुर चोखाल, बागलुङ २०७४ कात्तिक १३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा बागलुङ जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले जिताउनका लागि ने क पा एमाले , ने क पा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्बद्ध बुद्धिजीवीहरुको संयुक्त भेला बागलुङमा सम्पन्न भएको छ ।

भेलामा बोल्ने वक्ताहरुले राष्टको समृद्धि र राष्ट्रिय स्वाभिमानका लागि वाम गठबन्धन लाई विजयी वनाउनु पर्ने भएकोले सबै बौद्धिक वर्गले जनमतका लागि जनताको घर दैलोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा ने क पा एमालेका केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री रामजी शर्मा , जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गाना, ने क पा एमाले निर्वाचन परिचालन समिति बागलुङका संयोजक गोविन्द गौतम , नेपाल सुचना तथा सन्चार केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य वीरबहादुर चोखाल , जिल्ला समन्वय समिति बागलुङका उप संयोजक विष्णु भुषाल, राष्ट्रिय बुद्धिजीवी संगठन बागलुङ का अध्यक्ष डा दिन बहादुर थापा, अखिल नेपाल बुद्धिजीवी संगठन बागलुङका सदस्य भक्तिराम न्यौपाने ,लगायतले मन्तव्य राखेका थिए ।

भेलाले नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष डा सुदर्शन सिलवालको संयोजकत्वमा १३ सदस्यीय मतदाता सर्वेक्षण तथा मतदाता शिक्षा परिचालन समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा डा दिन बहादुर थापा , भक्तिराम न्यौपाने , सचिव प्रकाश सापकोटा ,सदस्यहरुमा कमल शर्मा , झपेन्द्र क्षेत्री, चुडामणि शर्मा , ईश्वरी प्रसाद पौडेल ,नारायण आचार्य, घनश्याम सापकोटा ,गंगा शर्मा , पार्वती सापकोटा र सरस्वती शर्मा रहेका छन । कार्यक्रम नेपाल बुद्धिजीवी परिषद बागलुङका अध्यक्ष डा सुदर्शन सिलवालको अध्यक्षता र नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य प्रकाश सापकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *