अपडेट : गुल्मी बिरवास माईक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ७ जना घाईते !

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक १३ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माईक्रोबस गुल्मीको बिरवासमा माईक्रो दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस गुल्मी दरबार गाउंपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार व्दिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र ३ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । मृतकहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का चालक भिमबहादुर घर्ती मगर, गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा २ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा ६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामी रहेका छन् ।

त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ ।

गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

दशै तिहारमा घर आउन नपाएका गुल्मी अजैका लालबहादुर मुखिया भारतबाट घर आउँदै थिए । म आई पुगे है भनेर घर फोन गर्दै थिए । जसले परिवारका सदस्य तम्घास मै थिए उनिहरुको मुख देख्ने आधा घण्टा अघि नै विरवास दुर्घटनामा ज्यान गयो । खानी गाउँ की १० वर्षिया रविना तर्लामीले मेरो आमा खोई भन्दै रोई रहेकी थिईन तर आमालाई उनले देख्न पाईनन् ।

सनाखतको लागी शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करिव ३ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *