काग्रेसको चुनावी अभियान तमानमा : शान्ति र विकासका लागि काग्रेसलाइ मतदान गर्न आग्रह !

राम सुवेदी, बुर्तिवाङ २०७४ कात्तिक १३ । आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले पनि आफ्नो चुनावी अभियान आज तमानखोलाबाट सञ्चालन गरेको छ । तमानखोला गाउपालिका वडा नम्बर ३ मा आज चुनावी भेला सम्पन्न भएको हो ।

भेलालाइ समबोधन गर्दै, प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार नर बहादुर पुन (निरज)ले देशमा स्थायी शान्ति र विकासका लागि नेपाली काग्रेसलाइ विजय गराउनुपर्ने बताए । बागलुङको स्थानिय विकास र उत्थानका लागि आफूले योगदान दिएको र अझै एक पटक अवसर दिन पनि पुनले आग्रह गरे ।

यसैबीच प्रदेश सभाका प्रत्यासी उम्मेदवार जित बहादुर शेरचनले समग्र देशको विकास र स्थायी शान्तिका लागि नेपाली जनताले काँग्रेसलाई मतदान गर्नुपर्ने बताएका थिए ।

आयोजित चुनावी सभामा चुनाव प्रचार प्रसार समितिका सँयोजक तथा काँग्रेस क्षेत्रिय सभापति दोर्ण कुवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काग्रेस तमानखोला गाउपालिकाका सह सँयोजक झक बहादुर बुढाको अध्यक्षता तथा गिर बहादुर घर्तिको सँचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *