गुल्मीको वीरवासमा माईक्रो बस दुर्घटना, ७ जनाको मृत्यु ५ घाईते !

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक १३ । बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस गुल्मीदरबार गाउँपालिका ४ वीरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाडीमा चालक सहित १५ जना यात्रु थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीकाका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका ५ जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाईएको छ भने घाइते हुनेहरुमा गुल्मी खानीगाँउका १० बर्षीय रविना दर्लामी, मुसिकोट नगरपालिकाका प्रताप केसी, चारपालाका नकुल कार्की, अर्घातोषका बिष्णु भुषाल, गुल्मी तथा उमा अधिकारीको पहिचान भएको छ ।

प्रहरीका अनुसार माईक्रोबस सडक देखी ३ सय मिटर तल खसेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *