अख्तियारव्दारा बागलुङका मालपोत अधिकृत शर्मा बिरुद्ध विशेष अदालतमा मुद्दा दायर !

बागलुङ २०७४ कात्तिक १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ मालपोत कार्यालयका हाकिम (अधिकृत) विश्वनाथ शर्मा विरुद्ध विशेष अदालत काठमाडौँमा आइतबार आरोप पत्र दायर गरेको छ ।

रु १० हजार घुससहित नियन्त्रणमा लिइएका अधिकृत शर्मा अनुसन्धानबाट दोषी ठहर भएपछि रु १० हजार विगोसहित आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही दफाको उपदफा ९१० को देहाय ९क० बमोजिम जरिवाना र कैद सजया हुने मागदावी समेत गरी आरोप पत्र दायर गरेको जनाएको छ ।

अख्तियारको टोलीले मालपोत अधिकृत शर्मालाई गत असोज २६ गते १० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *