तमानखोलामा ५ दिने आधारभुत उदघोषण तथा पत्रकारिता तालिम गरिने

सुमन सुनार बुर्तिवाङ २०७४ कात्तिक १२ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको आयोजनामा यही कात्तिक १४ गतेदेखी १८ गते सम्म पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम आयोजना गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको समन्वयमा हुन लागेको तालिममा त्यस गाउँपालिका अन्तरगतका सबै वडाबाट प्रतिनिधित्व गराइने तयारी गरिएको गाउँपालिकाका लेखापाल यामबहादुर थापाले बताए । तालिममा सहभागीता जनाउने व्यक्तिहरुले आफ्नो वडा कार्यालयबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ ।

दुई प्रति फोटो सहित तत्काल गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ । यसैबीच यही कात्तिक १५ गते विहान ८ बजे तमानखोला गाउँपालिकाका जनप्रतिनिधि र सामाजिक अगुवा सँग मिडियाको आवश्यकता र महत्वका बारेमा मिडिया संवाद कार्यक्रम हुने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दील शिरिषले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *