समग्र बागलुङको विकास र समृद्धिलाई अगाडि बढाउन सधै लागी पर्ने पौडेलको प्रतिबद्धता

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १२ । बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत तीन बाम गठबन्धन नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनाव प्रचार प्रसार अभियान आईतवार देखि ढोरपाटन नगरपालिकाबाट सुरु भएको छ । आज वडा नं. ५ सहिखोलाबाट उक्त चुनाव प्रचार प्रसार अभियानको उद्घाटन गरिएको हो ।

चुनाव प्रचार प्रसार अभियानको उद्घाटन गर्दै निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि साझा बाम उम्मेदबार देबेन्द्र पौडेलले बाम गठबन्धनको विजयी सुनिश्चित भएकाले अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताए । यस क्षेत्रको विकासलाई राज्यको पहुच सम्म पु¥याउन बाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको उनले बताए ।

चुनाब प्रचार प्रसार अभियान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले बामगठबन्धनको विजयी अभियान सुरु भइसकेकाले जित सुनिश्चीत भएको बताउँदै बागलुङ जिल्लाका २ ओटा प्रतिनिधि र ४ ओटा प्रदेश सहित सबै सिट बामपन्थी गठबन्धनले जित्नेमा कुनै शंका नभएको बताए ।

पौडेलले बामपन्थीहरुको गठबन्धनलाई चुनावी एकता मात्रै नभएर एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यका साथ गठबन्धन अगाडि बढेको बताए । पौडेलले आफु निर्वाचित भए यस क्षेत्र र समग्र बागलुङको विकास र समृद्धिलाई अगाडि बढाउन आफु सधै लागी पर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि एवं बाम गठबन्धनका प्रदेश नं. २ ख का साझा उमेदबार टेक बहादुर घर्तीले आफू सधैभरि यस क्षेत्रका जनतासंग हातेमालो गरेर अगाडि बढ्ने बताउँदै समग्र विकासका लागि क्षेत्र र जिल्लालाई समृद्ध बनाउन प्रतिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा नेकपा एमाले नेता एवं अखिल नेपाल किसान महासंघ स्थायी समति सदस्य मोहनलाल शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तुल्सीराम अर्याल, राष्ट्रिय जनमोर्चाका नेता एवं जिल्ला अध्यक्ष अमर थापा, चुुनाब परिचालन समितिका संयोजक एवं राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म बहादुर कुँवर लगायतले बोलेका थिए ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नं. ६ का अध्यक्ष चन्द्र बहादुर घर्तिको अध्यक्षता रहेको अभियानको उद्घाटन कार्यक्रममा तिन बाम पार्टिहरुका नेतृत्व तथा कार्यकर्ताहरुको ब्यापक उपस्थीती रहेको थियो । नेकपा माओबादी केन्द्र अधिकारीचौरका सदस्य ज्ञान बहादुर विश्वकर्माको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन नेकपा एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्षमण पुनले गरेका थिए ।

यसैवीच निर्वाचन क्षेत्र नं. २ अन्तरगतको प्रदेश नं. २ मा आज संयुत्त बाम गठबन्धनको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।

भेलाले निर्वाचनलाई सफल पार्न भन्दै धर्मबहादुर कुवँरको संयोजकत्वमा ३३ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा रहेका बामपार्टिहरु, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समर्थक कार्यकर्ताहरुको भेलाले उक्त समिति निर्माण गरेको हो ।

उक्त समितिले हरेक गाउँपालिका तथा नगर पालिकामा नगर तथा गाउँपालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने र गाउँपालिका तथा नगरपालिकाले वडा स्तरीय र साविकको वडालाई मध्यनजर गरि टोल स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने भेलाले निर्णय समेत गरेको छ ।

यसैबीच सबै निर्वाचन परिचालन समितिमा स्थानीय स्तरमा रहेका तीनवटै बामपार्टिका कार्यकर्ता, समर्थक तथा नेता सम्मीलित हुने गरि समिति बनाउने निर्णय भएको प्रदेश स्तरीय निर्वाचन परिचालन समितिका संयोजक धर्मबहादुर कुवँरले बताए । उक्त निर्वाचन परिचालन समितिसँगै प्रचार प्रसार समिति र आर्थिक समिति समेत स्थानीय स्तरसम्म परिचालन हुने छ ।

चुनावी प्रचार, घरदैलो, मतदाता शिक्षा लगायतका कामहरु यो समितिले गर्ने जनाइएको छ ।

यस्तै आईतवार नै संयुक्त बाम गठबन्धनले बुर्तिबाङमा प्रदेश स्तरीय सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
प्रदेश नं. २ निर्वाचन परिचालन समितिका संयोजक धर्मबहादुर कुवँरका अध्यक्षता तथा बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ का तर्फबाट प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्पर्क कार्यालय उदघाटन गर्दै नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा क्षेत्र नं. २ का प्रत्यासी उमेदवार पौडेलले, जिल्लाको निर्वाचन क्षेत्र नं. २ को विकास निर्माणमा आफूले अबको समय दिने प्रतिवद्धता जाहेर गरेका थिए ।

उनले बागलुङको ताराखोला, गलकोट क्षेत्र तथा निसीभुजी तमान हुँदै बुर्तिबाङसम्मको समग्र भौतिक पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार, ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्यटन प्रवद्र्धन, प्राविधिक शिक्षालय र स्वास्थ्य संस्थाको स्तर उन्नति लगायतका जनताका अत्यावश्यक आवश्यकताका लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा प्रदेश नं. २ का प्रत्यासी उमेदवार टेकबहादुर घर्ति, संयुक्त बामगठबन्धन बागलुङका जिल्ला सदस्य मोहनलाल शर्मा, अमरबहादुर थापा, माओवादी केन्द्रका नेता तुल्सीराम अर्याल, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली लगायतले बोलेका थिए ।

कार्यक्रममा बामपन्थी नेताहरु बलावती शर्मा, गौरीश्वर पाण्डे, ददीराम शर्मा, प्रेम घर्ति, केशर छन्त्याल, लक्ष्मण पुन, खिम विक्रम शाही लगायतको आतिथ्यता रहेको थियो । माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन ज्ञान प्रसाद कँडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *