पत्रकार घिमिरेकी पत्नी शारदा घिमिरे बचाउ अभियानमा गुल्मीका पत्रकारहरु जुटे

प्रेम सुनार, गुल्मी २०७४ १२ । गुल्मी जिल्ला वरिष्ठ पत्रकार पत्रकार जनार्दन घिमिरेकी पत्नी शारदा घिमिरे बचाउ अभियानमा गुल्मीका पत्रकारहरु जुटेका छन् । स्तन क्यान्सर भएर भारतको गान्धी क्यान्सर अस्पतालमा थप उपचारका लागि लैजानु पर्ने र झण्डै २० लाख रुपैया अवश्यक पर्ने समाचार वाहिर आएको केहिवेर मै पत्रकार तथा रेसुङ्गा न्युजडटकम अनलाईका प्रधान सम्पादक, सञ्चालक तारा भुसालबाट रु २५ हजार सहयोगको घोषणा भएको छ ।

त्यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष तथा प्रेस युनियनका जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठले ५ हजार , यसै समाचारदाताले ५ हजार , पत्रकार महासंघका उपअध्यक्ष अनिल खत्रीले ५ हजार , सचिव टोपलाल अर्यालले ५ हजार , प्रेस चौतारीका अध्यक्ष शिवलाल सुवेदीले ५ हजार घोषणा गरेका गरेका छन् ।

गुल्मी घर भई पाल्पामा पत्रकारिता गर्ने जगदिश भट्टराई ५ हजार , अर्घाखाँची घर भई वुटवलका वरिष्ठ पत्रकार विष्णुप्रसाद भुसाल ५ हजार, गुल्मी घर भई वुटवलमा पत्रकारित गर्ने विक्रम खड्का ५ हजार सहयोग घोषण गर्नु भएको छ । यसरी समाचार वाहिर आएको १५ मिनेट नवित्दै ६५ हजार सहयोग जुटि सकेको छ भने देश विदेशवाट सहयोग घोषणा गर्ने क्रम जारी छ ।

प्रेस सेन्टर नेपाल गुल्मीले देशभरका आफ्ना संगठनका नेता तथा सवै सदस्यहरु पत्रकारहरु संग आफु सक्य सहयोगका लागि अपिल गरेको छ । त्यस्तै प्रेस चौतारी गुल्मी , प्रेस युनियन गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मीले पनि देशभरका पत्रकारहरु यो अभियानमा जुटन अपिल गरेको छ । जिल्लाका पत्रकारहरुले जिल्लाका जनप्रतिनिधीहरु , शैक्षिक संघ संस्था , देश विदेशमा रहनु भएका दाजुभाई दिदी वहिनीहरुलाई सहयोगका लागि अनुरोध गरेका छन् ।

पत्रकार जनार्दन घिमिरे ललितपुरको क्यान्सर अस्पतालमा भएकी धर्मपत्नीलाई भारतको क्यान्सर अस्पतालमा लिएर भोली जाँदै छन् । सहयोग घोषण गर्न चाहनु हुने महानुभावले मोवाईल नम्वर सन्ध्या बस्नेत ९८६७२६२६६५ , रिया बस्नेत ९८४७०१८५९९ वा प्रेम सुनार ९८५७०६१५३० मा सम्पर्क राख्नु होला ।सहगोदाताले रकम राख्न परे पत्रकार जनार्दन घिमिरेको खाता नम्वर उपलव्ध गराईएको छ । राष्ट्रिय वाणिज्य बैक गुल्मी शाखा जनार्दन घिमिरे नम्वर ३०१००२००२२१० रहेको छ । सिधै पत्रकार घिमिरेलाई सम्पर्क राख्नु परे मोवाईल नम्वर ९८५७०२८४९५ रहेको छ ।

सहयोगदाताले उक्त खातामा रकम राखे पछि यस समाचारदाको उक्त नम्वरमा वा माथी उल्लेखित सहकर्मीको नम्वरमा विवरण टिपाई दिनु होला । वुटवलमा विष्णुप्रसाद भुसाल, विक्रम खड्का र कपिल ज्ञवालीले संयोजन गर्नु हुने छ । उहाँहरु मार्फत रुपन्देही र नवलपरासीवासीले सहयोग गर्न सक्नु हुने छ । काठमाण्डौमा पत्रकार भरत पाण्डे र अर्का पत्रकार मदन खनालले संयोजन गर्नु हुने छ । पाल्पामा पत्रकार जगदिश भट्टराईले संयोजन गर्नु हुनेछ । देश विदेश र जिल्लामा यसै समाचारदाताले संयोजन गर्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *