शिक्षाले जम्मा ६ सय ११ रुपयाँ अनुदान दिएपछी भीङगिठेको एक बिद्यालय चरम् आर्थिक संकटमा

बिमल खड्का, बागलुङ २०७४ कात्तिक १२ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका-७ भीङगिठेमा रहेको खड्ग जयन्ती आधारभुत बिद्यालय आर्थिक संकटमा परेको छ । गत आबहरुमा जिल्ला शिक्षा कार्यालय बागलुङले अनुदान रकम २ लाख ७३ हजार सम्म दिने गरेकोमा यसवर्ष जम्मा ६ सय ११ रुपयाँ दिएपछी बिद्यालय चरम आर्थिक संकटमा परेको विद्यालयले जनाएको छ ।

शिक्षा कार्यालयले खड्ग जयन्ती आधारभूत विद्यालयलाई जम्मा ६ सय ११ रुपयाँ दिएर किन सौतेनी व्यबहार ग-यो हामीले बुझेका छैनौँ, स्थानीय अभिभावकहरु भन्छन्, गाउपालिकाकाले पनि यस विद्यालयलाई कौडी सहयोग गरेको छैन अनि कसरी हाम्रा बालबच्चाले शिक्षा हाँसिल गर्न सक्छन ?

बिद्यालय व्यबस्थापन समितिले केहि समय पहिले चन्दा संकलन गरि कक्षा आठ सम्म संचालन गरेपनि आर्थिक अभावका कारण शिक्षकलाई तलब खुवान समस्या पर्ने गरेको बिद्यालयका प्रअ बासुदेव अर्यालले बताए । उनले भने अहिले २ जना प्रावि दरबन्दी १ जना राहत र ६ जना स्थानिय स्रोतबाट शिक्षकलाई सामान्य तलबमा राख्नु परेको छ । आव ०७१/०७२मा जिल्ला शिक्षा कार्यालय बागलुङले पिसीएले शिक्षक तलब भन्दै २ लाख ७३ हजार आब ०७२/७३ मा १ लाख ८२ हजार दिएपनि आब ०७३/७४ मा जम्मा ६ सय ११ रुपैया दिदा शिक्षकलाई तलब खुवाउन समस्या भएको बताए ।

बैशाख १२ गते आएको भूकम्पले बिद्यालयलाई धैरै क्षेति पुर्याएको छ थियो भने त्यसको पुनर्निर्माण नहुदा ३ कोठे भवन ढल्ने स्थितमा रहेको छ । बिद्यालयमा करिब २ सय ७० बिद्यार्थी छन ती मध्ये केहि कक्षा कोठामा आकाशबाट पनि परे सगै चुहिने समस्या हुने भएकाले बिभिन्न कक्षाका बिद्यार्थीहरुलाई एकै ठाउमा राख्नु परेको शिक्षकहरुले बताए । बिद्यालय भत्कने हो कि भन्ने डरमा बिद्यार्थीहरु पढिरहेका छन ।

उता करिब १ बर्ष पहिले बर्खामा गएको पहिरो स्थानियले झारा लगाएर सफा गरेपनि फेरि पहिरो खसेका कारण बिद्यालय थप जोखिमा छ ।

शिक्षक बासुदेव अर्यालले भने भूकम्पबाट क्षेति भयो भनेर एकिकृत सेवा केन्द्र बुर्तिबाङमा निवेदन दिएपनि त्यसबाट पनि कुनै राहत नआएको बताए । उता लगातार पहिरोले बिद्यालय जोखिम बन्दै गएको बेला ईलाका प्रहरी कार्यालय भीङगिठेले मुचुल्का बनाएर लगेपनि कुनै प्रतिकृया नआएको बताए ।

बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले प्रयाप्त पानि प्रयोग गर्न पाएका छैनन् । बिद्यालयमा बनेको ट्वाईलेट पनि दुर्गन्धित बन्दै गएको छ भने बिद्यालयपनि कुरुप देखिन थालेको छ । बिद्यालय जीर्ण र कक्षा कोठा अभावका कारण लाईब्रेरी तथा बिद्यालयका अन्य सामान पनि बिद्यालयको कार्यालय सगै राख्ने गरेका प्रअ अर्यालले बताए ।

बिभिन्न ठाउमा गाउँपालिकाबाट बजेट बिनियोजन भएपनि यो बिद्यालयलाई कत्ति पनि बजेट बिनियोजन नभएको र कुनै पनि संघ सस्थाले बिद्यालय नहेरेको व्यवस्थापन समितिका अध्यक्ष हेमराज चालिसेले बताए । यस अर्थमा बिद्यालयले कहि कतैबाट सहयोगको अपेक्षा गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *