हिल घुस्मेलीले संचालन गरेको हरिबोधनी एकादशी मेलाको उद्घाटन सम्पन्न

शान्त खत्री मौसम, गल्कोट ताराखोला २०७४ कात्तिक ११ । त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका वडा नम्बर–३ हिल घुस्मेलीले संचालन गरेको हरिबोधनी एकादशी मेला २०७४ को उद्घाटन सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै ताराखोला गाउँपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष डिल बहादुर बस्नेतले एकादशि मेला गलकोट क्षेत्र कै सान रहेको बताउदै मेलालाई थप व्यवस्थापन गरेर अगाडि लैजानको लागि पनि आफुले सम्बन्धित क्षेत्रमा समेत पहल गर्ने बताए । त्यस्तै कार्यक्रममा हरि माध्यमिक बिद्यालय हिलका प्रधानध्यापक हरि प्रसाद पौडेलले समाजको मौलिकपन जोगाईरहेको र लुकेर रहेका प्रतिभाको समेत कदर गरेको बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार गणेश चोखाल , पुर्ब सचीव क्षेत्र बहादुर बस्नेत त्यस्तै उपाध्यक्ष खड्का कार्की लागाएले मन्तव्य व्यक्त गरेका थिए ।
“घुम्टे हाम्रो सान, पर्यटन बिकास हाम्रो अभियान” भन्ने मुलनारा सहित संचालन गरिएको मेलामा कार्यक्रम सचिव गणेश कार्कीको स्वागत मन्तव्य हरिबोधनी एकादशी मेलाका कार्यक्रम संयोजक जीवन बस्नेतको अध्यक्षता र पत्रकार शान्त खत्री मौसम र सुमित्रा सुनारको संचालनमा सप्पन्न भएको थियो ।

नयाँ संरचनाको वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगितामा २५ समूहको नाम दर्ता भएको बताईएको छ । आज संचालन भएको प्रथम चरणको खेलमा हरिबोधनी एकादशी मेलाले त्रिशुली क्लबलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । भोलि बिहान ७ बजेदेखि पहिलो चरणको बांकि खेल संचालन हुने छ भोलि नै सोलो बाईक रेस भु पु भलिबल प्रतियोगिता संचालन हुने छ ।

कार्यक्रमको अवसरमा राष्ट्रिय स्तरका चर्चित कलाकार राजु ढकाल , देवि घर्ती , सुस्मिता घर्ती अ्म्मर धिताल , मन्जु गुरुङ को बिशेष प्रस्तुति रहने छ संगै प्रतियोगिताका साथमा त्रिशुली नदीमा लोक बाजा, भजन सहित ३६५ हात लामो तोरण तारेर मनाउने कार्यक्रम छ । कार्यक्रमको समापन कार्तिक १४ गते हुने आयोजकले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *