राँको बालेर पानी बोक्ने मुसिकोटवासीलाई अब तल खोलाको पानी माथी डाँडामा !

प्रेम सुनार, गुल्मी, कात्तिक ११ । राति र्२ बजे उठेर राँको बाल्दै पँधेरोमा जानु र विहान ८ देखि १० वजे तिर एक गाग्रो पानी लिएर आउनु गुल्मी मुसिकोट गाउँका जनताको सदिऔं देखिको समस्या हो । हाल मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने साविकको मुसिकोट गावासिको बुढाथोक टोलको दलित बस्ती , देउराली ,अर्सौंदी, पात्लाकोट लगायतका सयौं घरधुरीले सदियौं देखिको त्यही विकाराल समस्याको अव दिर्घकालिन समधान हुँदैछ ।
नेपाल सरकार , फिनल्याण्ड सरकार, मुसिकोट नगरपालिका र उपभोक्ताको श्रमदान सहित १ करोड ३३ लाख लागतमा जलकुने सौरपाटा लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाको काम यति वेला धमाधम सुरु गरेका छन स्थानियवासीले । उपल्ला गराको पानी तल्ला गरामा जान्छ तल्ला गराको पानी उपल्ला गरामा कहिल्लै जान्न भनेर उखान हाल्ने बुढापाकाहरु नै यति वेला तल खोलाको पानी माथी डाँडामा ल्याउन श्रमदान गरिरहेका छन् ।

१ सय ६५ घरधुरी , त्यहाँको शैक्षिक संस्था, वडा कार्यालय मातहतका अन्य कायालय सहित करिव ९ सय २९ जना लाभान्वित हुने उपभोक्ता समितिका सहसचिव महेन्द्र घिमिरेले बताए । लाभान्वित हुने साविको मुसिकोट वडा नम्वर ५ , ८ र ९ का जनता यति वेला माथी श्रृङ्गामा गिटी फोर्न जुटेका छन् । खानेपानी घर घरमा आउने खुशीले जनता स्वतस्फुर्त घरबाट निस्केर जनश्रमदानमा जुटेको घिमिरेले बताए ।

घिमिरेको अनुसार उक्त योजना आगमी वर्षको असार मशान्त सम्म सम्पन्न हुने र सदियौं देखिको खानेपानी समस्य समधान हुने छ । त्यस गाउँमा त्दुई दशक अघि गार्डेप भन्ने संस्थाले आकाशे पानी संकल घैटा बनाएर केहि सहुलियत प्रदान गरेको थियो । त्यो प्रभावकारी हुन सकेन् । पछि ह्वाङ्गदी नेटा दर्लिङ्ग , पौदीअमराई मुसिकोट बडागाउँ खानेपानी योजना ल्याईयो ।

त्यसले पनि थेक्न सकेन । उक्त योजनाको पानी मर्मत सम्भारको अभावमा नियमित हुन सकेन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अव उक्त योजनाको पनि मर्मत सम्भार गरिने , मुसिकोट लगायत साविकको बडागाउँ, पौदीअमराई लगायतका अन्य डाँडालाईनमा पनि विकराल खानेपानीको समस्या समधान गर्न अरु लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु पारिएको बताए । उक्त नगरपालिकाका करिव २३ हजार भन्दा बढि जनसंख्या मध्ये दोव्वर बढि जनता माथी डाँडालाईनमा बस्छन् ।

तस्वीरः जनश्रमदान गर्दै उपभोक्ताहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *