तीन बामको चुनावी भेला खर्वाङमा : गल्कोट र बुर्तिवाङलाई स्मार्ट सिटी बनाउने पौडेलको उद्घोष !

बिमल खड्का, खर्वाङ २०७४ कात्तिक ११ । आज बडीगाड गाउँपालिकाको खर्वाङमा आयोजित वाम गठबन्धनका कार्यकर्ताहरुको संयुक्त चुनावी भेलालाई सम्वोधन गर्दै प्रमुख अथिति नेकपा मओवादीका स्थाई कमिटिका सदस्य एवं बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधी सभाका उमेदवार देवेन्द्र पौडेलले बाम गठबन्धन हुनुको लक्ष्य भनेको देशमा २ तिहाई बहुमत ल्याई देशको बिकाश र समृद्ध ल्याउनु रहेको बताए ।

अब धौलागिरि अन्चलमा नेपाली काङ्ग्रेस शुन्य हुने र देश पनि अब बाममय हुने दाबी गर्दै पौडेलले यो बाम तालमेलले अन्तर्राष्ट्रिय समुदायमा नयाँ आयाम ल्याउने र अब नयाँ अध्याय सुरु भएको बताए ।

सोहि अबसरमा उनले जिल्लामा मध्य पहाडी लोकमार्ग स्तरोन्नति तथा भित्र बस्तीमा मोटरबाटो पु्याउने र गल्कोट र बुर्तिबाङलाई स्मार्ट सिटी तथा पर्यटक क्षेत्र बनाउने र ढोरपाटन शिकार आरक्षलाई अन्तर्राष्ट्रियस्तरमा चिनाई बाह्य पर्यटक भित्र्याउने तथा प्रत्येक बर्ष यहाका २ हजार युवालाई रोजगारीको श्रृजाना तथा काम गर्ने तथा यहा सुविधा सम्पन्न स्वास्थ्यचौकीको निर्माण गरि बागलुङको पिछडिएको क्षेत्र भएकाले अब बिकाशको प्याकेज बनाएएर यस ठाउले बिकाशको गति लिने बताए । उनले खर्वाङ लगाएतका जिल्लाका ७ स्थानलाई साना पर्यटकीय सहर वनाउने घोषणा समेत गरे ।

दुई तिहाई वहुमतका साथ अवको १० वर्ष आर्थिक सम्वृद्धिमा लाग्न एकता भएकोले कोहिपनि नआत्तिन र नेपाली काग्रेस लगाएतका दललाई पनि एकतामा जान पौडेलले आग्रह गरे ।

अब यस ठाउबाट केन्द्रस्तर सम्म यहाँका सम्भावनाहरुलाई पुर्राई यहा ठुला ठुला परियोजना पर्ने बताए । उनले यो ठाउमा बामले जिते काङ्ग्रेसले जिते सरह भएकाले काङ्ग्रेसलाई पनि बाम गठबन्धनलाई भोट हाल्न आग्रह गरे ।

यो बाम गठबन्धन हुनुको मुख्य उदेश्य दुई तिहाई बहुमत ल्याई देशलाई समृद्धिमा लानु रहेको उनको भनाई थियो ।

कार्यक्रम बागलुङ क्षेत्र नम्बर २ को ख प्रदेश सभाका टेक बहादुर घर्ति २ क का चन्द्रबहादुर बुढा सागर नेकपा एमाले केन्द्रीय सदस्य मना केसी निवर्तमान संसाद केशरी घर्ती राजमोका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गाना ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली लगाएतले मन्तव्य व्यक्त गेरेका थिए ।

सोहि कार्यक्रम लोक दोहोरी गायक बिष्णु खत्रीले सांसकृतिक प्रस्तुति दिएका थिए भने पौडेल सहितका कार्यकर्ताहरु नाँचेका थिए ।

नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज फमलाल निउरेको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले ४ न प्रदेश सदस्य तथा संयुक्त बाम २ नम्बर सदस्य प्रेम खरेलको स्वागत र संचालन भिमसेन बनले गरेका थिए ।

कार्यक्रममको सुरुमै उमेद्वारहरुलाई बडीगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले सगुन खुवाई स्वागत गरेकी थिईन् ।

प्रतिनिधी सभा सदस्यका उमेदवार पौडेल तथा क्षेत्र नं २ अन्तरगत गल्कोट, तारा। बडीगाड कलस्टरमा पर्ने १ नं प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा सागर तथा ढोरपाटन, निसीखोला तमानखोला कलस्टर २ नं प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको प्रचार अभियानका क्रममा यो भेलाको आयोजना गरिएको गठवन्धन श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *