अपडेट : त्रिशुलीमा बस खस्दा ३१ जनाको मृत्यु ,२९ जनाको सनाखत

धादिङ २०७४ कात्तिक ११ । राजबिराजबाट काठमाडौको लागि छुटेको यात्रु बाहक बस आज विहान धादिङ गजुरी गाउँपालिकाको घाटबेसी बांगे मोडबाट त्रिशुलीमा खसेर दुर्घघटना भएको छ । ५० जना भन्दा बढी यात्रु रहेको अनुमान गरिएको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस दुर्घटनामा मृत्यु भएकामध्ये ३१ जनाको शव निकालिएको छ । मृत्यु हुनेहरुमा धेरै बालबालिकाहरु छन् । मृतकमध्ये २९ जनाको सनाखत भएको छ ।

बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *