उपल्लाचौरमा संयुक्त बाम गठबन्धनको उमेदवार परिचय र चुनावी सभा सम्पन्न

सिर्जना पन्त, बागलुङ २०७४ कात्तिक ११ । संयुक्त बाम गठबन्धनले शुक्रबार बागलुङ नगरपालिका वडा नम्बर ४ को उपल्लाचौरमा आयोजना गरेको उमेदवार परिचय कार्यक्रम तथा चुनावी सभालाई सम्वोधन गर्दै बाम गठबन्धनबाट बागलुङको क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उमेदवार डा सूर्य पाठकले प्रतिनिधि र प्रदेशसभामा उठेका सम्पूर्ण बाम उमेदवारहरुले निर्वाचन जितीसकेको भन्दैं बाम्पन्थीहरुको बागलुङमा प्रतिष्पर्धा नैै नभएको बताए ।

६२ प्रतिशत जनमत रहेका बागलुङमा बामपन्थी उमेदवारको अगाडी चुनावी मैदानमा आउनु नेपाली काङग्रेसको औपचारिकता मात्र भएको पाठकको भनाई थियो ।

१ नम्बर क्षेत्रको प्रदेशसभा (क) का उमेदवार ईन्द्रलाल सापकोटाले बामपन्थीहरुको बहुमत रहेको देशमा अल्पमतमा रहेको नेपाली काङग्रेसले सत्ता सञ्चालन गर्दा देशमा राजनीतिक अस्थिरता बढदैं गएको बताए ।ं

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी, नेकपा माओवादी केन्द्रका नेता कुमार विक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चाका नेता तिलक थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

शुक्रबारनै संयुक्त बाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन सम्पर्क कार्यालयको स्थापना तथा उद्घाटन गरेको छ । निर्वाचन परिचालन कमिटिका जिल्ला संयोजक रामजीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा संंयुक्त बाम गठबन्धनका उमेदवार देबेन्द्र पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य मनकुमारी केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लक्ष्मी बास्कोटा लगाएताले बोलेका थिए ।

यसैवीच आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा संयुक्त बामपन्थी उमेदवारहरुलाई विजयी गराउनुपर्ने भन्दैं शुक्रबार बागलुङमा शिक्षक कर्मचारीहरुको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्दबहादुर भण्डारीको संयोजन, एकिकृत अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मोहमद अजीज र अखिल नेपाल शिक्षक संघका नेत्रदत्त ढकालको सह–संयोजनमा २ सय ५१ सदस्यीय मतदाता शिक्षा परिचालन कमिटि गठन गरेको छ । त्यस्तै भेलाले अध्यक्ष भण्डारीकै संयोजकत्वमा १५ सदस्यस्य सचिवालय सदस्य समेत गठन गरेको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मोहमद अजीजको स्वागत तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व सह–सचिव थानेन्द्र प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *