बामगठबन्धनका उमेदवारलाई जिताउन राजमो कार्यकर्तालाई निर्देशन

कमल राना, बागलुङ २०७४ कात्तिक ११ । राष्ट्रिय जनमोर्चा बागलुङले निर्वाचन क्षेत्र न. १ (ख) को पैयुंथन्थापमा शुक्रबार भेला सम्पन्न गरेको छ ।
भेलामा बोल्दै अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौडेलले आगामी मंसिर १० गते हुने निर्वाचनमा जिल्लाको समग्र विकासको लागि बामपन्थी उमेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

समग्र जिल्लाको विकास गर्ने खाका बाम गठबन्धनका उमेदवार संग रहेको बताउँदै उनले यस पटक बाम गठबन्धनका उमेदवारलाई भारी मतका साथ विजयी गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बाम गठबन्धनको तर्फबाट बागलुङ क्षेत्र न. १ (ख) प्रदेश सभाका उमेदवार कृष्ण थापाले संकटकालीन समयमा पनि आफु जनताको काम गरेको भन्दै आफुलाई जिताउनको लागि स्वतःस्फुर्त रुपमा जनता लागेको बताए ।

अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष मिना पुनले इमान्दार र निष्ठावान बाम गठबन्धनका उमेदवारालाई जिताउन लाग्न सबै कार्यकर्तालाई निर्देशन दिएकी थिईन् ।

निर्वाचन क्षेत्र (१)ख का निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य डिलबहादुर दर्जी र सञ्चालन कृष्णप्रसाद शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *