राहखोलामा मिनीटेलर (कल्टिभेटर) हलो भित्रिएसंगै कृषकहरू खुसी !

शान्त खत्री मौसम, बागलुङ २०७४ कार्तिक ११ । बराहखोलामा मिनिटेलर (कल्टिलेटर हलो) भित्रिएसंगै कृषकहरु खुसी भएका छन । तराई र सम्मो फाट्मा मिनिटेलर हलोको प्रयोग गर्नु कुनै अनौठो बिषय होइन ।

भौगोलिक अबस्थाको दृष्टिकोण बाट धेरै उचाईमा पर्ने धेरै अग्ला काल्ला भएका सागुरा बारीमा यसको प्रयोग गर्दा कृषक निकै हर्षित बनेका छन ।

यतिबेलाको समयमा हेर्दा गाउँ घरका युवाहरु बिदेश पलायन गाउँ घरमा बुढा पाका काम गर्न नसक्ने मात्रै भएको अबस्थामा यो हलो अत्यन्तै उपयोगी हुने बताउछन् समाजसेवी पुर्णलाल ढकाल । त्यस्तै एकल महिला गौरी कडेलले एकल महिलालाई त अर्म पर्म जान नभ्याउने अबस्थामा त यस्को प्रयोगले डल्ला फुटाउन, खन्न नपर्ने धेरै फाइदा हुने र गोरु पाल्न नपर्ने अबस्था सिर्जना भएको बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *