सर्कुवामा राजमो निकट युवक संघको भेला सम्पन्न

बागलुङ २०७४ कात्तिक १० । राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन अखिल नेपाल युवक संघ जैमिनी नगर पालिका वडा न. ४ सर्कुवामा भेला सम्पन्न भएको छ ।

साविकको सर्कुवा गाविस वडा न. ४ मा भएको भेलाले प्रदिप थापाको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल युवक संघ टोल समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा कमला पौडेल, सचिवमा रेशम गिरी, सह–सचिवमा भिम पौडेल, कोषाध्यक्षमा सुमन थापा रहेक। छन् ।

५ सदस्यीय सल्लाहकारमा खगेन्द्र थापा, गरिमा पौडेल, कोपिला पौडेल, टेकबहादुर थापा, मुकुन्द पौडेल रहनु भएको छ ।

समितिले युवक संघको तर्फबाट देउसीभैलो खेल्ने निर्णय गरेको छ । साथै गाउँमा सरसफाई अभियान पनि सञ्चालन गर्ने र चुनावको लागि प्रचारात्मक अभियान समेत सञ्चालन गर्ने भएको छ ।

युवक संघले राष्ट्रिय जनमोर्चा उमेदवारलाई जिताउनको लागि प्रचरात्मक तथा घरदैलो भेटघाट कार्यक्रम सञ्चालन गर्ने सर्कुवाबाट वीरेन्द्र थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *