काँग्रेसलाई चुनावमा सघाउन नेवि संघको १ हजार १ सदस्यीय विद्यार्थी परिचालन समिति

बागलुङ २०७४ कात्तिक १० । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्दीत गरी नेपाल विद्यार्थी संघ बागलुङले एक हजार एक सदस्यीय युवा विद्यार्थी परिचालन समिति गठन गरेको छ । नेविसंघ जिल्ला अध्यक्ष खडक थापाको अध्यक्षतामा गठित मूल समितिले क्षेत्र नम्बर १ को संयोजकमा नरेन्द्र कँडेललाई तोकेको छ ।

बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि आनन्द रेग्मी र प्रदेश सदस्य २ मा श्रीकृष्ण पौडेल संयोजक चयन भएका छन् । बागलुङ नगरपालिकामा रामचन्द्र गौतम, काठेखोला गाउँपालिका भुवन कँडेल, जैमिनी नगरपालिकामा केन्द्र रसाईली र बरेङ गाउँपालिकामा राजेन्द्रबहादुर न्यौपानेको संयोजकत्वमा विद्यार्थी परिचालन समिति बनाईएको नेविसंघले जनाएको छ । क्षेत्र नम्बर १ का सबै गाउँ नगरमा वडा कलस्टर निर्माण गरी जिम्मा दिईएको नेविसंघ जिल्ला अध्यक्ष खडक थापाले बताए ।

त्यस्तै नेपाली काँग्रेसको चुनावी अभियानलाई सघाउन नेपाल विद्यार्थी संघले क्षेत्र नम्बर २ मा पनि युवा विद्यार्थी परिचालन समिति गठन गरेको छ । गल्कोट बहुमुखी क्याम्पसका स्वावियु सभापति गुमानसिंह भण्डारीको संयोजकत्वमा क्षेत्र नम्बर दुईको युवा विद्यार्थी परिचालन समिति बनाईएको हो ।
नेपाल विद्यार्थी संघ गल्कोट क्याम्पस सभापति अर्जुन खत्रीको संयोजकत्वमा क्षेत्र नम्बर २ प्रदेश सदस्य १ निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य समुन्द्र खत्रीको संयोजकत्वमा गलकोट नगरपालिकामा प्रचारप्रसार गर्ने गरी समिति गठन गरेको छ ।

ताराखोला गाउँपालिका भित्र मन्दिप न्युरे र पृथ्वी सुवेदीलाई जिम्मेवारी दिएको छ । गलकोट नगरपालिका भित्र वाड नम्बर १ मा सुनिल कुँवर २ मा सुरेश कार्की र जमुना पुन, ३ र ४ मा दिपक मल्ल, ५ र ६ मा निरज श्रेष्ठ, सीता खत्री, ७, ८ र ९ मा कमल परियार, दिपा गौतम, १० र ११ मा सुरेश छन्त्याललाई जिम्मेवारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *